News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल चिकित्सक संघको नयाँ नेतृत्व चयनका लागि ४४४२ मत गणना हुँदा अध्यक्ष पदमा डा. मंगल रावल अग्रस्थानमा छन्।
- निर्वाचनमा काठमाडौं उपत्यका र बाहिर गरी कुल ७१०१ मत खसेको थियो, जुन कुल सदस्य संख्याको ४४.१० प्रतिशत हो।
- चिकित्सक संघको चुनावमा टिम बद्री, टिम मंगल र टिम रिफर्म गरी तीन प्यानलले प्रतिस्पर्धा गरेका छन्।
२१ वैशाख, काठमाडौं । नेपाल चिकित्सक संघको नयाँ नेतृत्व चयनका लागि मत गणना भइरहेको छ । अहिले उपत्यका बाहिर गणना सकेर उपत्यका बाहिरको मत गन्ने काम भइरहेको छ । ४ हजार ४४२ मत गणना हुँदा अध्यक्षदेखि सदस्यसम्मका अधिकांश पदमा थोरै मतअन्तर देखिएको छ ।
अध्यक्ष पदमा डा. मंगल रावल अग्रस्थानमा छन् । रावलले १ हजार९५४ मत पाएका छन् । उनका प्रतिस्पर्धी डा. बद्री रिजालले १ हजार ९२१ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका डा. नारायण प्रसाद भुसालले ५१७ मत पाएका छन् ।
वरिष्ठ उपाध्यक्षतर्फ कडा प्रतिस्पर्धा छ । डा. सञ्जीव तिवारीले १ हजार ७५९ मत सहित अग्रस्थानमा रहँदा डा. कीर्तिपाल सुवेदीले १ हजार ४६८ मतले पछ्याइरहेका छन् ।
महासचिव पदमा डा. विश्वराज दवाडी १ हजार ६३० मतसहित अगाडि छन् । डा. कालु सिंह खत्रीले १ हजार ५९३ मतसहित दोस्रो स्थानमा छन् ।
कोषाध्यक्ष पदमा डा. संयुक्ता आचार्यले १ हजार ८५३ मत ल्याएर पहिलो स्थानमा छन् । डा. आचार्यलाई डा. चाँदनी जैसवालले पछ्याइरहेकी छिन् । जैसवालले १ हजार ३७१ मत पाएकी छिन् ।
सहसचिवमा डा. हुलास अग्रवाल २ हजार २७२ पहिलो स्थानमा छन् । अहिलेसम्मको मत गणना हुँदा अग्रवालले नै सबैभन्दा बढी मत ल्याएका छन् । सहसचिवको दोस्रो स्थानमा डा. रामजीवन प्रसादले १ हजार ७९ मत ल्याएका छन् ।
सहकोषाध्यक्षमा डा. तेज्सु सिंह मल्लले १ हजार ९८४ मत ल्याएर अग्रता कायम गरेका छन् ।
सदस्य पदतर्फ डा. अमित झा, डा.रोकश शाह, डा. सुमित काफ्ले,डा. शेषराज घिमिरेलगायत उम्मेदवारहरू शीर्ष स्थानमा छन् । कुल ६ सदस्य चयन हुने व्यवस्था रहेको छ ।
निर्वाचनमा काठमाडौं उपत्यका र उपत्यका बाहिरको गरी कुल ७ हजार १०१ भोट खसेको थियो । यो कुल सदस्य संख्याको ४४.१० प्रतिशत हो । नेपाल चिकित्सक संघको निर्वाचन समितिका अनुसार मतदान गर्न यसपटक कुल १६ हजार १०० चिकित्सक योग्य थिए ।
मतगणना जारी रहेकाले अन्तिम नतिजा आउन बाँकी छ । प्रतिस्पर्धा अधिकांश पदमा कडा देखिएकाले अन्तिम परिणामसम्म रोचकता कायम रहने देखिन्छ । यसभन्दा अगाडिका चुनावमा प्यानगत भोट आउने गरेको र मतको पनि ठूलो अन्तर देखिने गरेको छ । तर संघको ३०औं कार्यकारिणीका भएको चुनावमा दृश्य फरक देखिएको छ । उम्मेदवारगत भोट जाँदा जित र हार थोरै मतअन्तरले हुने देखिन्छ ।
वर्षौँदेखि राजनीतिक छायामा हुँदै आएको संघको चुनाव यसपटक नयाँ शैलीमा देखिएको थियो । परम्परागत राजनीतिक पहिचानभन्दा फरक ढंगले ‘टिम’ को नाममा चुनावी मैदानमा उत्रिएका थिए । चुनावमा टिम बद्री, टिम मंगल र टिम रिफर्म (नारायण) नेतृत्वका तीन प्यानल बनाएर चुनावमा होमिएका थिए । यसअघि संघको चुनाव राजनीतिक दलहरूको छायामा हुने गरेको थियो । नेपाली कांग्रेससँग निकट मानिने चिकित्सकहरूले ‘प्रजातान्त्रिक’ नामको प्यानल बनाउँथे । कम्युनिस्ट विचारधारासँग निकट चिकित्सकहरूले ‘प्रगतिशील’ प्यानल खडा गर्थे । यद्यपि, प्यानलभित्रका नेतृत्व र उनीहरूको पृष्ठभूमि हेर्दा राजनीतिक झुकाव पूर्ण रूपमा हराइसकेको भने होइन ।
गणना भएका मत : ४४४२
अध्यक्ष – १ सिट
१. डा. मंगल रावल — १९५४
२. डा. बद्री रिजाल — १९२१
३. डा. नारायण प्रसाद भुसाल — ५१७
वरिष्ठ उपाध्यक्ष – १ सिट
१. डा. सञ्जीव तिवारी – १७५९
२. डा. कीर्तिपाल सुवेदी — १४६८
३. डा. अजय कुमार मिश्र — १००४
महासचिव – १ सिट
१. डा. विश्वराज दवाडी — १६३०
२. डा. कालु सिंह खत्री — १५९३
३. डा. अमृत भुसाल — १०२५
उपाध्यक्ष (प्रदेश संयोजक)
कोशी प्रदेश
१. डा. रोशन खड्का — १९०८
२. डा. टंकाप्रसाद बराकोटी — १४०५
३. डा. हरिशंकर कार्की — ५६६
मधेश प्रदेश
१. डा. अमित रञ्जन मिश्र — १९९०
२. डा. उदयनारायण सिंह — १३४७
३. डा. मोहम्मद अनामुल हक — ५८२
बागमती प्रदेश
१. डा. सुवास भट्टराई — १५३८
२. डा. अरुण शाही — १२३०
३. डा. अकानन्द सिंह — ८६२
४. डा. रुबास नाथ योगी — ४२०
गण्डकी प्रदेश
१. डा. यज्ञराज सिग्देल — १९९९
२. डा. नवराज लाम्दारी — १७५६
लुम्बिनी प्रदेश
१. डा. नन्दा कुमार गुरुङ — १७९७
२. डा. सन्तोष पोखरेल — १४५७
३. डा. लक्ष्मण शर्मा — ७०४
कर्णाली प्रदेश
१. डा. रबिन खड्का — १५६६
२. डा. सरोज गिरी — १५४९
३. डा. अनुप मंगल समाल — ७०१
सुदूरपश्चिम प्रदेश
१. डा. प्रमोद जोशी —२०९०
२. डा. निरज अर्याल — १६९९
कोषाध्यक्ष – १ सिट
१. डा. संयुक्ता आचार्य — १८५३
२. डा. चाँदनी जैसवाल — १३७१
३. डा. विनोद कुमार महसेठ — ६९७
सहसचिव – १ सिट
१. डा. हुलास अग्रवाल — २२७२
२. डा. राम जीवन प्रसाद — १०७९
३. डा. सन्तोष अधिकारी — ७४८
सहकोषाध्यक्ष – १ सिट
१. डा. तेज्सु सिंह मल्ल — १९८४
२. डा. सुवास गुरुङ — १४९८
३. डा. राजकुमार दंगल — ५३०
सदस्य – शीर्ष १०
१ डा. अमित झा – १९१८
२. डा.राकेश साह – १८२५
३. डा. सुमित काफ्ले – १६७१
४ डा. शेषराज घिमिरे – १५९८
५ डा. हिमाल भण्डारी – १५९५
६. डा. पल्पसा श्रेष्ठ – १५५८
७. डा. अरुण उप्रेती – १५४२
८. डा. सुमेध मिश्र – १३९५
९. डा. बिना श्रेष्ठ – १३८५
१०. डा. आरती साह – १११०
प्रतिक्रिया 4