+

आईपीएल टोलीलाई ‘हनी ट्र्याप’ को जोखिमबाट सतर्क रहन बीसीसीआईको आग्रह

२०८३ वैशाख  २५ गते ७:३६ २०८३ वैशाख २५ गते ७:३६
आईपीएल टोलीलाई ‘हनी ट्र्याप’ को जोखिमबाट सतर्क रहन बीसीसीआईको आग्रह

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतीय क्रिकेट नियन्त्रण बोर्डले आईपीएल टोलीहरूलाई हनी ट्र्याप र सुरक्षासम्बन्धी जोखिमबाट सावधान रहन सात पृष्ठको निर्देशन पठाएको छ।
  • निर्देशनअनुसार टोली व्यवस्थापकको लिखित अनुमति बिना खेलाडी वा सहयोगी सदस्यको होटल कोठामा बाहिरी व्यक्तिलाई जान नदिने व्यवस्था गरिएको छ।
  • बीसीसीआईले भेप, ई–सिगरेट र प्रतिबन्धित पदार्थ प्रयोगमा कडाइ गर्दै ४८ घण्टाभित्र सबै खेलाडीलाई नियमबारे जानकारी गराउन निर्देशन दिएको छ।

२५ वैशाख, काठमाडौं । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले आईपीएल टोलीहरूलाई ‘हनी ट्र्याप’ र सुरक्षासम्बन्धी जोखिमबाट सावधान रहन निर्देशन दिएको छ । बीसीसीआईका सचिव देवजित सकियाले टोलीहरूलाई सात पृष्ठको निर्देशन पठाउँदै खेलाडी र सहयोगी सदस्यहरूको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेका हुन् ।

बीसीसीआईले उच्चस्तरीय खेल प्रतियोगितामा हनी ट्र्याप, यौन दुर्व्यवहारसम्बन्धी आरोप र अन्य सुरक्षा जोखिम हुन सक्ने भन्दै सतर्क रहन भनेको छ ।

निर्देशनअनुसार अब टोली व्यवस्थापकको लिखित अनुमति बिना कुनै पनि बाहिरी व्यक्तिलाई खेलाडी वा सहयोगी सदस्यको होटल कोठामा जान दिइने छैन । पाहुनासँग भेटघाट होटलको लबी वा सार्वजनिक स्थानमै गर्नुपर्नेछ ।

त्यस्तै, खेलाडी वा सहयोगी सदस्यले होटल बाहिर जानुअघि सुरक्षा अधिकारीलाई जानकारी दिनुपर्नेछ । अनुमति बिना राति वा अन्य समयमा बाहिर निस्कन नपाइने नियम पनि बनाइएको छ ।

बीसीसीआईले केही टोली सदस्यहरूले परिचयपत्र देखाउन आनाकानी गरेको भन्दै अब मैदान, होटल र अभ्यासस्थलमा परिचयपत्र अनिवार्य रूपमा देखिने गरी लगाउन निर्देशन दिएको छ । नियम उल्लंघन गरे प्रवेश रोक्न सकिने बताइएको छ ।

फ्रेन्चाइज मालिकहरूलाई पनि खेलका बेला डगआउट वा मैदानमा खेलाडीसँग प्रत्यक्ष कुराकानी गर्न वा अँगालो हाल्न नपाइने भनिएको छ । बीसीसीआईले यस्तो व्यवहारले खेलको प्रक्रियामा असर पार्न सक्ने जनाएको छ ।

ड्रेसिङ रूममा भेप सेवन गरेको घटना सार्वजनिक भएपछि बीसीसीआईले भेप, ई–सिगरेट र प्रतिबन्धित पदार्थ प्रयोगमा कडाइ गरेको छ । यस्तो कार्य भारतीय कानुनअनुसार अपराध हुन सक्ने चेतावनी पनि दिएको छ ।

बीसीसीआईले टोली व्यवस्थापकहरूलाई ४८ घण्टाभित्र सबै खेलाडी र सहयोगी सदस्यलाई नियमबारे जानकारी गराउन, लिखित सहमति लिन र होटल आउने पाहुनाको अभिलेख राख्न निर्देशन दिएको छ ।

-क्रिकबजबाट

आईपीएल २०२६ बीसीसीआई हनी ट्र्याप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय