+
+
Shares

सरकारका गलत हरकतविरुद्ध कांग्रेसले खबरदारी गर्छ : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २८ गते १६:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारका गलत हरकतविरूद्ध खबरदारी गर्ने जिम्मा आफूहरूको भएको बताएका छन्।
  • सभापति थापाले संविधान तलमाथि हुँदा देश दुर्घटनामा जाने र नागरिकले दुःख पाउने उल्लेख गरेका छन्।
  • उनले सुशासन र राष्ट्रहितको सन्दर्भमा सरकारले उचित काम गर्दा कांग्रेसले समर्थन गर्ने पनि बताउनुभयो।

२८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारका  गलत हरकतविरूद्ध खबरदारी गर्ने जिम्मा आफूहरूको भएको बताएका छन् ।

कर्णाली प्रदेशको सुर्खेतमा ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सरकारका गलत हरकतको खबरदारी गर्ने जिम्मा कांग्रेसको भएको बताएका हुन् ।

‘रास्वपा हाम्रो दुस्मन होइन, उ पनि हाम्रो साथी नै हो । हामीसँगै प्रतिस्पर्धा गरेको पार्टी हो,’ सभापति थापाले भने, ‘तर, सरकारमा बस्ने साथीहरूको र सरकार सञ्चालन गर्ने पार्टीको हरकत गलत भयो भने त्यो बेलामा खबरदारी गर्ने जिम्मा हाम्रो हो । अहिले हामी जिम्मेवारीमा छौं ।’

उनले संविधान तलमाथि हुँदा देश दुर्घटनामा जाने र नागरिकले दुःख पाउने पनि बताए ।

‘यत्रो दुःख गरेर ल्याएको संविधान छ, यो तलमाथि हुनुहुन्न है,’ सभापति थापाले भने, ‘किन भने संविधान तलमाथि भयो भने देश अर्को दुर्घटनामा जान्छ । देश अर्को दुर्घटनामा जाँदै गर्दा दुःख पाउने नागरिकले हो । त्यहाँ हामीले खबरदारी गर्ने हो ।’

सभापति थापाले सुशासन र राष्ट्रहितको सन्दर्भमा सरकारले उचित काम गर्दा कांग्रेसले समर्थन गर्ने पनि बताए ।

‘सुशासनको विषयको सन्दर्भमा सरकारले उचित काम गर्छ, समर्थन गर्ने हो,’ उनले भने, ‘राष्ट्रहितको विषयको सन्दर्भमा सरकारले उचित काम गर्छ, समर्थन गर्ने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?