+
+
Shares

राष्ट्रपतिले नीति तथा कार्यक्रम पढिरहँदा उठेर हिँड्नु प्रधानमन्त्रीकै निम्ति लज्जाको विषय : युवराज दुलाल

बैठकपछि सांसद दुलालले भने, ‘राष्ट्रपतिले पढ्दा पढ्दै हिँड्नु भनेको अस्वभनीय हर्कत नै हो । संसद्मा आफैँले हस्तान्तरण गरेको प्रति पढ्दै गर्दा छोडेर हिँड्नु त अलिकति लज्जाकै विषय हो ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २८ गते १८:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपाका प्रमुख सचेतक युवराज दुलालले राष्ट्रपतिले नीति तथा कार्यक्रम पढ्दा पढ्दै उठ्नु प्रधानमन्त्री बालेन शाहका निम्ति लज्जाको विषय भएको बताएका छन्।
  • प्रधानमन्त्री शाहले संसद्मा केहीबेर बसेर नीति तथा कार्यक्रम पढ्न छोडेर बैठक हलबाट बाहिरिएका थिए।
  • दुलालले नयाँ सरकारको नीति तथा कार्यक्रममा नयाँ शब्द र ऊर्जा नआएको र रोजगारी सिर्जनाको नवीनतम कार्यक्रम नआएको बताएका छन्।

२८ वैशाख, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले राष्ट्रपतिले नीति तथा कार्यक्रम पढ्दा पढ्दै उठेर हिँड्नु प्रधानमन्त्री बालेन शाहका निम्ति लज्जाको विषय भएको बताएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पढिरहँदा प्रधानमन्त्री शाह संसद्मा केहीबेर बसेर बैठक हलबाट बाहिरिएका थिए ।

बैठकपछि सांसद दुलालले भने, ‘राष्ट्रपतिले पढ्दा पढ्दै हिँड्नु भनेको अस्वभनीय हर्कत नै हो । संसद्मा आफैँले हस्तान्तरण गरेको प्रति पढ्दै गर्दा छोडेर हिँड्नु त अलिकति लज्जाकै विषय हो ।’

प्रधानमन्त्रीलाई नै नीति तथा कार्यक्रम सुन्न ‘बोर’ लागेको हुन सक्ने भनेर पनि उनले टिप्पणी गरे । उनले भनेका छन्, ‘आफैँले बनाएको नीति तथा कार्यक्रम राष्ट्रपतिले पढिनसक्दै प्रधानमन्त्री पनि सायद बोरै लागेर होला संसद्को हलै छोडेर हिँड्नु पर्ने स्थिति आयो ।’

आफूले अपेक्षा गरे जस्तो नीति तथा कार्यक्रम पनि आउन नसकेको उनले बताए ।

‘नयाँ सरकार बनेको र नयाँ नीति तथा कार्यक्रम नयाँ तरिकाले आउँछ होला भनेको तर त्यस्तो भएन,’ उनले भने, ‘नयाँ सुन्ने अपेक्षा र सपना अधुरै रह्यो ।’

कतिपय कुरा परम्परागत हुनु पनि राम्रो हुने उल्लेख गर्दै उनले थपे, ‘प्रारम्भिक रूपमा सम्पूर्ण रूपमा नराम्रो भन्दिनँ । तर नयाँ केही आउँछ भन्ने आशा थियो त्यो आएन । नयाँ शब्द सुन्न पाइएन । कतै ऊर्जा हराएको नीति तथा कार्यक्रम जस्तो लाग्यो ।’

सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न कुनै अप्ठ्यारो नहुने पनि उनको प्रतिक्रिया छ । उनले भने, ‘यो निरन्तरताको कार्यक्रम हो । कार्यान्वयन गर्न गाह्रो र चुनौती होला भन्ने केही पनि देखिएन ।’

सुशासन, विधिको शासन र रोजगारी सिर्जनाका जे कुरा सरकारबाट आइरहेका थिए त्यससम्बन्धी कार्यक्रम नपाएको भनेर उनले यस्तो टिप्पणी गरेका हुन् ।

विगतमा बन्द भएका उद्योगका कुरा नआएको उनले बताए ।

उनले भने, ‘लाखौंको संख्यामा रोजगारी सिर्जनाको कुरामा अपेक्षा थिए । त्यसअनुसार विदेशमा रहेका युवालाई स्वदेशमा फर्काउने र देशमै रोजगारी सिर्जना गर्ने नवीनतम कार्यक्रम आएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?