News Summary
Generated by OK AI. Editorially reviewed.- सिरहा लक्ष्मीपुर पतारी-३ का ३ वर्षीय अभियान्सकुमार यादव दुई दिनदेखि बेपत्ता भएर मृत अवस्थामा फेला परेका छन्।
- उनको शव बरियारपट्टी गाउँपालिका-४ सोहपुरस्थित मामाघर नजिकै हात र शरीरका विभिन्न भाग काटिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
- बालक यादव वैशाख २६ गते दिउँसो १ बजे मामाघरबाट बेपत्ता भएका थिए र खोजबिनपछि शव फेला परेको छ।
२८ वैशाख, जनकपुरधाम । दुई दिनदेखि बेपत्ता सिरहा लक्ष्मीपुर पतारी-३ का बालक अभियान्सकुमार यादव मृत अवस्थामा फेला परेका छन् । सिरहाको बरियारपट्टी गाउँपालिका-४ सोहपुरस्थित मामाघर आएका ३ वर्षीय वर्षीय यादवको शव फेला परेको हो ।
हात र शरीरका विभिन्न भाग काटिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
लक्ष्मीपुर पतारी-३ स्थित घरबाट उनी सोहपुरस्थित मामा घर पुगेका थिए । उनी वैशाख २६ गते दिउँसो १ बजे मामाघरबाटै बेपत्ता भएका थिए ।
नजिकका पोखरी तथा विभिन्न स्थानमा खोजबिन गर्दा बालक यादवको शव फेला परेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4