News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले संसद्को संयुक्त बैठकमा प्रधानमन्त्री बालेन शाहले राष्ट्रिय पोशाक नलगाएको प्रश्न उठाएका छन्।
- सांसद बरालले दुई राष्ट्रिय महत्वका बैठकमा प्रधानमन्त्रीले राष्ट्रिय पोशाक लगाउनुपर्ने हो कि होइन भनेर सभामुखमार्फत रुलिङको माग गरेका छन्।
- राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा यो प्रश्न उठाइएको हो।
२८ वैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन शाहको पोशाकलाई लिएर संसद्मा प्रश्न उठेको छ ।
नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले यस्तो प्रश्न उठाएका हुन् ।
सोमबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरे । यो कार्यक्रममा प्रधानमन्त्री बालेन राष्ट्रिय पोशाकमा उपस्थित नभएको भनेर एमाले सांसद बरालले प्रश्न उठाएका हुन् ।
‘प्रधानमन्त्रीज्यूले दुइटा राष्ट्रिय महत्वका बैठकहरू, संयुक्त सदनमा राष्ट्रिय पोशाकको परिपालना गर्नुपर्ने हो कि होइन ?’ उनले प्रश्न गरे । चलन त्यसै नचल्ने र चलाएपछि चलन चल्ने भन्दै उनले थपे, ‘हामीहरूले कस्तो चलन चलाउने हो यो देशमा ? म सभामुख महोदयमार्फत यस विषयमा रुलिङको माग गर्दछु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4