+

कान्सेलो बने चार युरोपियन देशको लिग जित्ने पहिलो खेलाडी

२०८३ वैशाख  २८ गते १९:०६ २०८३ वैशाख २८ गते १९:०६
कान्सेलो बने चार युरोपियन देशको लिग जित्ने पहिलो खेलाडी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोर्चुगिज खेलाडी जोआओ कान्सेलोले युरोपको चार फरक देशको लिग जित्ने नयाँ कीर्तिमान बनाएका छन्।
  • उनले सन् २०१९ मा युभेन्ट्सबाट सिरि ए, २०२१ र २०२२ मा म्यानचेष्टर सिटीबाट प्रिमियर लिग, २०२३ मा बायर्न म्युनिखबाट बुण्डेसलिगा जितेका थिए।
  • यस सिजन बार्सिलोनाबाट स्पेनिस ला लिगा उपाधि जितेर कान्सेलोले इटली, इंग्ल्यान्ड, जर्मनी र स्पेनको लिग जित्ने कीर्तिमान पूरा गरेका छन्।

२८ वैशाख, काठमाडौं । पोर्चुगिज खेलाडी जोआओ कान्सेलोले युरवपको चार फरक देशको लिग जित्ने नयाँ कीर्तिमान बनाएका छन् ।

बार्सिलोनाबाट यस सिजनको स्पेनिस ला लिगा उपाधि जितेपछि ३१ वर्षीय डिफेण्डर कान्सेलोले उक्त कीर्तिमान बनाएका हुन् ।

उनले युरोपको शीर्ष पाँच लिग मध्ये इटली, इंग्ल्यान्ड, जर्मनी र स्पेनको लिग जित्ने कीर्तिमान बनाएका हुन् ।

कान्सेलोले सन् २०१९ मा युभेन्ट्सबाट इटालियन सिरि ए जितेका थिए । यस्तै २०२१ र २०२२ मा म्यानचेष्टर सिटीबाट प्रिमियर लिग जितेका थिए भने २०२३ मा बायर्न म्युनिखबाट बुण्डेसलिगा जितेका थिए ।

जोआओ कान्सेलो स्पेनिस ला लिगा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय