News Summary
Generated by OK AI. Editorially reviewed.- चालु आर्थिक वर्ष चैतसम्म वाणिज्य बैंकहरूको कर्जा ब्याजदर १.४८ प्रतिशत बिन्दु घटेर ६.७७ प्रतिशत कायम भएको छ।
- विकास बैंकहरूको कर्जा ब्याजदर २०८२ चैत मसान्तमा ७.९६ प्रतिशत र वित्त कम्पनीहरूको ९.२६ प्रतिशत रहेको छ।
- चालु आव चैतसम्म वाणिज्य बैंकहरूको निक्षेप ब्याजदर ३.४० प्रतिशत, विकास बैंकहरूको ३.७७ र वित्त कम्पनीहरूको ४.७४ प्रतिशत कायम भएको छ।
२८ वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष चैतसम्म बैंकहरूको कर्जा ब्याजदर १.४८ प्रतिशत बिन्दु घटेको छ । वित्तीय प्रणालीमा अधिक तरलता भएसँगै कर्जा माग नबढ्दा ब्याजदर घटेको हो ।
चालु आव चैत मसान्तमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ६.७७ प्रतिशत कायम भएको छ । यो ब्याजदर गत आव सोही अवधिको तुलनामा १.४८ प्रतिशत घटेको हो । गत आव चैतसम्म बैंकहरूको कर्जाको औसत ब्याजदर ८.२२ प्रतिशत थियो ।
चालु आव चैतसम्म विकास बैंकहरूको ७.९६ र वित्त कम्पनीहरूको ९.२६ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । २०८१ चैत मसान्तमा विकास बैंकहरूको ९.५९ र वित्त कम्पनीहरूको १०.४० प्रतिशत थियो ।
चालु आव २०८२ चैत मसान्तमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.४० प्रतिशत, विकास बैंकहरूको ३.७७ र वित्त कम्पनीहरूको ४.७४ प्रतिशत छ । २०८१ चैत मसान्तमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ४.४५ प्रतिशत, विकास बैंकहरूको ५.२२ र वित्त कम्पनीहरूको ६.२४ प्रतिशत थियो ।
प्रतिक्रिया 4