News Summary
Generated by OK AI. Editorially reviewed.- खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ घर भएका ३३ वर्षीय उमेश राईलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।
- उमेश राईलाई कर्तव्य ज्यान मुद्दामा कास्की अदालतले २५ पुस २०८१ मा आजीवन कारागारको फैसला सुनाएको थियो।
- उनी जेनजी आन्दोलनको क्रममा कास्की कारागारबाट फरार भएका थिए र पक्राउ परेपछि केन्द्रीय कारागार सुन्धारा पठाइएको छ।
२९ वैशाख, काठमाडौं । आजीवन कारागारको फैसला सुनाइएका एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ घर भएका ३३ वर्षीय उमेश राई छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो ।
उनी जेनजी आन्दोलनको क्रममा कास्की कारागारबाट फरार भएका थिए । कर्तव्य ज्यान मुद्दामा उनी २७ मंसिर २०८१ मा पक्राउ परेका थिए । कास्की अदालतले उनलाई २५ पुस २०८१ मा आजिवन कारागारको फैसला सुनाएको थियो ।
काठमाडौंबाट पक्राउ परेका उनलाई केन्द्रीय कारागार सुन्धारा पठाइएको सीआईबीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4