+
+
Shares

यती एयरलाइन्सको आईपीओ आउने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल

आन्तरिक हवाई सेवा प्रदान गर्दै आइरहेको यती एयरलाइन्स लिमिटेड नेपालका अग्रणी निजी हवाईसेवा प्रदायकमध्ये एक हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २९ गते १४:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यती एयरलाइन्सले एनआईएमबी एस क्यापिटल लिमिटेडलाई साधारण सेयर आईपीओको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।
  • कम्पनीले उच्च सुरक्षा मापदण्ड र गुणस्तरीय सेवामा जोड दिँदै प्रमुख सहरी र दुर्गम गन्तव्यमा नियमित उडान सञ्चालन गर्दै आएको छ।
  • यती एयरलाइन्सले नेपालमा हवाई पहुँच विस्तार र क्षेत्रीय कनेक्टिभिटी सुदृढ गर्न महत्त्वपूर्ण योगदान गरेको छ।

२९ वैशाख, काडमाडौं । यती एयरलाइन्सले आफ्ना साधारण सेयर प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) मार्फत सर्वसाधारणमा निष्काशन गर्न एनआईएमबी एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

आन्तरिक हवाई सेवा प्रदान गर्दै आइरहेको यती एयरलाइन्स लिमिटेड नेपालका अग्रणी निजी हवाईसेवा प्रदायकमध्ये एक हो ।

कम्पनीले उच्च सुरक्षा मापदण्ड, विश्वसनीय सञ्चालन तथा गुणस्तरीय सेवामा विशेष जोड दिँदै आएको समेत बताएको छ । यतीले प्रमुख सहरी तथा दुर्गम गन्तव्यमा नियमित उडान सञ्चालन गर्दै आएको छ ।

नेपालको हवाई पहुँच विस्तार तथा क्षेत्रीय कनेक्टिभिटी सुदृढ गर्न कम्पनीले महत्त्वपूर्ण  योगदान गर्दै आएको छ । धितोपत्र निष्कासन सम्बन्धी सम्झौतापत्रमा यती एयरलाइन्स लिमिटेडका तर्फबाट प्रमुख वित्त अधिकृत अनुप आचार्य र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?