News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश सिफारिसप्रति जनताले प्रश्न उठाएको भन्दै सरकारले धारणा सार्वजनिक गर्नुपर्ने बताए।
- प्रचण्डले प्रतिनिधि सभा बैठकमा पर्याप्त समझदारी र गृहकार्य नगरी प्रधानन्यायाधीश सिफारिस भएको उल्लेख गरे।
- उनीहरूले विधि, प्रक्रिया, वरिष्ठता र योग्यतालाभन्दा स्वार्थलाई महत्व दिइएको संवेदनशील प्रश्न उठेको बताए।
२९ वैशाख, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश सिफारिसप्रति जनताले प्रश्न उठाएको भन्दै यसबारे सरकारले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले पर्याप्त समझदारी र गृहकार्य नगरी सिफारिस भएको बताए ।
‘आज प्रधानन्यायाधीश सिफारिस गर्दा विधि, प्रक्रिया, वरिष्ठता र योग्यतालाई भन्दा आफ्नो स्वार्थको महत्व दिइयो भन्ने संवेदनशील प्रश्न जनताको मनमा उठेको छ,’ प्रचण्डले भने, ‘पर्याप्त समझदारी र गृहकार्य नगरी गरिएको यो विषयमा सरकारले आफ्नो धारणा जनताको बीचमा राख्न सक्नुपर्छ ।’
आफ्नो यो विषयलाई एउटा गम्भी सुझावको रुपमा लिन पनि उनले आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4