+
+
Shares

एमाले नेता बादलकाे अभिव्यक्तिप्रति रास्वपा र राप्रपा सांसदको आपत्ति

रास्वपाका सांसद मनिष खनालले पनि रास्वपाबारेको टिप्पणीमा आपत्ति जनाएका थिए । 

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २९ गते १५:५५

२९ वैशाख, काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले नेपाली सेनाबारे गरेको टिप्पणीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आपत्ति जनाएको छ ।

मंगलबार पार्टीको तर्फबाट प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता बादलले सेनाको भूमिकामाथि टिप्पणी गरेका थिए । यसप्रति राप्रपाकी सांसद खुस्बु ओलीले नियमापत्ति गरेकी हुन् ।

‘नेपाली सेनाबारे गरिएको टिप्पणी एउटा संस्थामाथिको आलोचना मात्रै होइन । राष्ट्रिय मनोबलमाथिको प्रहार हो । यो उहाँबाट निरन्तर भइरहेको छ त्यसमा म खेदल प्रकट गर्न चाहन्छु’, उनले भनिन् ।

यस्तो अभिव्यक्तिलाई संसद्को अभिलेखबाट हटाउन पनि उनको माग छ ।

त्यसअघि, रास्वपाका सांसद मनिष खनालले पनि रास्वपाबारेको टिप्पणीमा आपत्ति जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?