+
+
Shares

मधेश प्रदेश सभामा रिक्त सदस्यका लागि राप्रपाले पठायो सरिता कुमारीको नाम

राप्रपाले मधेश प्रदेशमा रिक्त प्रदेश सभा सदस्य पदमा महोत्तरीकी सरिता कुमारी ठाकुरलाई सिफारिस गरेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २९ गते १६:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राप्रपाले मधेश प्रदेशमा रिक्त प्रदेश सभा सदस्य पदमा महोत्तरीकी सरिता कुमारी ठाकुरलाई सिफारिस गरेको छ।
  • कञ्चन बिच्छाले पार्टी अनुशासन उल्लङ्घन गरेकाले पार्टीले फिर्ता बोलाइ कारबाही गरेको थियो।
  • अदालतले बिच्छाको रिट खारेज गरी उनलाई सांसद पदबाट पदमुक्त गरेको थियो।
  • निर्वाचन आयोगको पत्रपछि सोही क्लस्टरको समानुपातिक सूचीको दोस्रो नम्बरमा रहेकी ठाकुरलाई सिफारिस गरिएको छ।

२९ वैशाख, काठमाडौं । राप्रपाले मधेश प्रदेशमा रिक्त प्रदेश सभा सदस्य पदमा महोत्तरीकी सरिता कुमारी ठाकुरलाई सिफारिस गरेको छ।

यसअघि सांसद रहेकी कञ्चन बिच्छाले पार्टीको अनुशासन उल्लङ्घन गरेकाले पार्टीले फिर्ता बोलाइ कारबाही गरेको थियो । अदालतले उनको रिट समेत खारेज गरी सांसद पदबाट पदमुक्त भएकी थिइन्।

बिच्छा पदमुक्त भएपछि रिक्त स्थानमा सिफारिस गरी पठाउन निर्वाचन आयोगबाट पत्र प्राप्त भएकाले सोही क्लस्टरको समानुपातिक सूचीको दोस्रो नम्बरमा रहेकी ठाकुरलाई सिफारिस गरिएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?