News Summary
Generated by OK AI. Editorially reviewed.- स्वतन्त्र सांसद महावीर पुनले संसद्मा बोल्न ५ मिनेट समय पाउँदा असन्तुष्टि जनाएका छन्।
- उनले आफू मन्त्री हुँदा ल्याउन खोजेको तीन वटा अध्यादेश अहिलेको सरकारले नल्याएको बताए।
- पुनले विश्वविद्यालयमा कुलपति प्रधानमन्त्री हुने प्रावधान हटाउन र विज्ञान प्रविधि मन्त्रालय छुट्टै बनाउन माग गरे।
२९ वैशाख, काठमाडौं । स्वतन्त्र सांसद महावीर पुनले संसद्मा बोल्न ५ मिनेट दिइएकोमा असन्तुष्टि जनाएका छन् ।
सभामुख डोलप्रसाद अर्यालले उनलाई आज ५ मिनेटको समय दिएका थिए । त्यसपछि रोस्टमबाट सांसद पुनले भने, ‘म एक्लो माननीय भनेर हेला नगरियोस् । अरूले १०, १५, २०, ३० मिनेट पाउँदा मलाई ५ मिनेट नदिइयोस् ।’
पार्टीका सांसदभन्दा आफ्नो समर्थक धेरै रहेको उनले सभामुखलाई स्मरण गराए ।
‘मेरो समर्थन धेरै छन् नेपालमा । म एक्लो छैन । सारा नेपालीले चिन्छन् । ५ मिनेट स्वीकार्य छैन,’ उनले भने ।
त्यसपछि उनले आफू मन्त्री भएको बेला ल्याउन लागेको अध्यादेश अहिलेको सरकारले पनि नल्याएको बताए ।
‘तीन वटा अध्यादेश ल्याउन खोजेको थिएँ । त्यतिबेल गर्न खोजेको, सकिएन,’ उनले भने, ‘सरकारले ८ वटा अध्यादेश ल्यायो तर मैले ल्याउन खोजेको आएको छैन ।’
विश्वविद्यालयमा कुलपति प्रधानमन्त्री हुने प्रावधान हटाउने अध्यादेश ल्याउन लागेको तर अहिलेको अध्यादेशमा त्यो विषय नआएको उनले बताए ।
‘विश्वविद्यालय राजनीति मुक्त गर्ने भनेको छ । तर अहिले पनि कुलपति प्रधानमन्त्री हुने व्यवस्था छ नि,’ उनले भने ।
उनले विज्ञान प्रविधिको विकास गर्न विज्ञान प्रविधि मन्त्रालय छुट्टै बनाउन पनि उनले माग गरे ।
प्रतिक्रिया 4