News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले असारे विकास प्रवृत्ति रोक्ने नीति सार्वजनिक गरेको छ।
- सडक डिभिजन भरतपुरले मनसुन सुरु भएपछि नारायणघाट–मुग्लिन सडकका दुई ठूला पहिरो रोकथामका लागि ठेक्का आह्वान गरेको छ।
- तुइन खोला र नाम्सी खोलाको दायाँ किनार तथा काली खोला र नाम्सी खोलाको बायाँ किनारमा पहिरो रोकथामका लागि रिटेनिङ वाल र स्थायी संरचना निर्माण गर्ने योजना छ।
२९ वैशाख, काडमाडौं । नेपालमा असारे विकास प्रवृत्ति रोक्ने नीति वर्तमान सरकारले सार्वजनिक गरेको छ ।
सडकका विकासे अड्डा भने धमाधम मनसुन सुरु भएपछि पहिरो रोकथाम गर्न भन्दै नयाँ ठेक्का आह्वान गरिरहेका छन् । सडक डिभिजन भरतपुरले एक साता अन्तरमा नारायणघाट–मुग्लिन सडकका दुई ठूला पहिरो रोकथामका लागि बोलपत्र आह्वान गरेको छ ।
गत शुक्रबार सडक डिभिजन भरतपुरले तुइन खोला तथा नाम्सी खोलाको दायाँ किनार मुग्लिनतर्फ पहिरो रोकथामका लागि भन्दै ठेक्का निकालेको थियो ।
सोही कार्यालयले मंगलबार नारायणगढ–मुग्लिन सडककै काली खोला पहिरो र नाम्सी खोलाको बायाँ किनार (नारायणघाटतर्फ) को पहिरो रोकथामका लागि ठेक्का निकालेको हो ।
तुइन खोला पहिरोग्रस्त क्षेत्र नारायणघाट–मुग्लिन सडकको सबैभन्दा बढी जोखिमपूर्णमध्ये एक हो । यहाँ हिँउद महिनाभरि सुक्खा पहिरो खस्दा डोजरले बाटो सफा गर्दै यातायात चलाएका सरकारी निकाय मनसुन सुरु भएपछि भने ठेक्का लगाएरै पहिरो रोकथाममा जुटेका हुन् । यी क्षेत्रमा रिटेनिङ वाल निर्माण र स्थायी संरचना निर्माण गर्ने लक्ष्य छ ।
प्रतिक्रिया 4