News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले झापा क्षेत्र नम्बर २ का दिनेश पराजुली हात्तीको आक्रमणबाट घाइते भएको बताइन्।
- उहाँले झापा र तराइका विभिन्न भेगमा हात्तीको आक्रमणले मानिसहरू आतंकित भएको र मानव र वन्यजन्तुको सहअस्तित्वको व्यवस्था गर्नुपर्ने सरकारको ध्यानाकर्षण गराइन्।
- उहाँले वनका पालेहरू थोरै संख्या भएकाले जंगल छेउका बस्तीहरूमा बस्ने जनताहरूलाई सरकारले पर्याप्त सेवा नदिएको उल्लेख गरिन्।
३० वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरका अनुसार झापा क्षेत्र नम्बर २ अर्जुनधाराका दिनेश पराजुली हात्तीको आक्रमणबाट घाइते भएका छन् ।
पराजुली अस्पतालमा उपपचारत रहेको उल्लेख गर्दै उनले झापा मात्रै नभएर तराइका बिभिन्न भेगहरूमा हात्तीको आक्रमणले गर्दा मानिसहरू आतंकित भइरहेको बताइन् ।
बुधबार प्रतिनिधिसभामा आकस्म्कि वसमयमा लिएर बोल्दै उनले मानव र वन्यजन्तुको सहअस्तित्वको व्यवस्था गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गरिन् ।
उनका अनुसार सामान्य चीजहरू जस्तै माइकिङ र लाइटको समेत व्यवस्था छैन् ।
उनले भनेकी छन्, ‘वनका पालेहरू पनि एकदमै थोरै संख्यामा भएको कारणले गर्दा सरकारै नभएको अनुभूति भइरहेको छ जंगल छेउका बस्तीहरूमा बस्ने जनताहरूलाई । यसको पनि ध्यानाकर्षण गराउन चाहन्छु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4