News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्न चाहनेले सदन सुरु हुनु अगावै सभामुखलाई सूचना दिनुपर्ने भएको छ।
- सभामुख डोलप्रसाद अर्यालले आकस्मिक समय लिन सदन सुरु हुनु अगावै कार्यव्यवस्थामा आइदिनुपर्ने जानकारी दिनुभयो।
- बुधबारको बैठकमा आकस्मिक समयमा बोल्न खोज्दा सभामुखले सूचना नदिएको कारण समय नदिइएको स्पष्ट पार्नुभयो।
३० वैशाख, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्न चाहनेले सदन सुरु हुनु अगावै सभामुखलाई सूचना दिनुपर्ने भएको छ ।
यसबारे सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाकै बैठकमा जानकारी गराएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय सकेर सभामुख शून्य समयमा प्रवेश गर्न खोज्दै थिए । एक जना सांसदले उठेर बोल्म समय मागे । सभामुखले आकस्मिक समयमा बोल्न खोजेको हो भनेर सोधे । सांसदले हो भने पनि सभामुखले यस्तो बताएका हुन् ।
‘हजुरले आमस्मिक समयमा लागि सूचना गर्नुभएको छैन । यसकारणले आज बस्नुस् । यदि हजुरलाई आकस्मिक समय चाहिने हो भने सदन सुरु हुनु अगावै आकस्मिक समय लिनको लागि कार्यव्यवस्थामा आइदिनुहोला । म आकस्मिक समय उपलब्ध गराउँछु,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4