News Summary
Generated by OK AI. Editorially reviewed.- गोरखाको भीमसेनथापा गाउँपालिका–२ रातामाटेमा निर्माण सामग्री बोकेको ट्याक्टर दुर्घटनामा परेको छ।
- दुर्घटनामा गाउँपालिका–३ का १३ वर्षका विक्रम बस्यालको उपचारका क्रममा प्रदेश अस्पताल गोरखामा मृत्यु भएको छ।
- ट्याक्टर चालक सिरानचोक गाउँपालिका–८ का २६ वर्षीय राजन परियार गम्भीर घाइते भएका छन् ।
३० वैशाख, गोरखा । निर्माण सामग्री बोकेको ट्याक्टर गोरखाको भीमसेनथापा गाउँपालिका–२ रातामाटेमा गएराति दुर्घटनामा परेको छ ।
दुर्घटनामा सोही गाउँपालिका– ३ का १३ वर्षका विक्रम बस्यालको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजकुमार श्रेष्ठका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका बस्यालको उपचारका क्रममा प्रदेश अस्पताल गोरखामा आज बिहान मृत्यु भएको हो ।
दुर्घटनामा ट्याक्टर चालक सिरानचोक गाउँपालिका–८ जौबारीका २६ वर्षीय राजन परियार गम्भीर घाइते भएका छन् । निजको सोही अस्पतालमा उपचार जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4