+
+
Shares

भावुक हुँदै वर्षाको दुःखेसो- मेरो फिल्मलाई कसैले सपोर्ट गरेन

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३० गते १२:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री वर्षा राउतलाई फिल्म 'मालती मंगले' मा उनको अभिनयका लागि प्रशंसा मिलिरहेको छ।
  • वर्षाले आफ्नो फिल्म रिलिज हुँदा अरुले सपोर्ट नगरेको भन्दै फेसबुकमा मर्मस्पर्शी भिडियो पोस्ट गरिन्।
  • फिल्ममा वर्षाले विजय बरालसँग शीर्ष भूमिका निर्वाह गरेकी छन् र यो फिल्मलाई आफ्नो करिअरको महत्वपूर्ण फिल्म बताइरहेकी छिन्।

काठमाडौं । अभिनेत्री वर्षा राउतलाई फिल्म ‘मालती मंगले’ बाट निकै प्रशंसा मिलिरहेको छ । कतिपयले यो फिल्मलाई उनको करिअरकै उत्कृष्ट फिल्मको संज्ञा समेत दिएका छन् ।

हेरेकाजति प्रशंसकले उनको कामलाई प्रशंसाको पुल बाँधेका छन् । कतिपय अन्तर्वार्तामा वर्षाले यो फिल्मलाई आफ्नो करिअरको महत्वपूर्ण फिल्ममध्येको एकको रुपमा ब्याख्या समेत गरिरहेकी छिन् ।

तर, एउटा कुराले चाहिँ वर्षाको मन कुँडिएको देखिन्छ । आफूले अरुको फिल्मलाई समर्थन गरिरहेको भएपनि आफ्नो फिल्म रिलिज हुँदा अरुले सपोर्ट नगरेको भन्दै वर्षाले सोसल मिडियामा भिडिया हालेकी छिन् ।

फेसबुक स्टोरीमा उनले संक्षिप्त भिडियो पोस्ट गर्दै आफ्नो पालामा अरुले सपोर्ट नगरेको भन्दै मन दुःखाएकी हुन् । उनले यसो भनिरहँदा उनका आँखा रसाएका छन् । यो छोटो भिडियो मर्मस्पर्शी देखिन्छ ।

वर्षा भन्छिन्, ‘हरेक फिल्म आउँदा मैले सबैलाई सपोर्ट गरेको जस्तो लाग्थ्यो के मलाई चाहिँ । प्रत्यक्ष र अप्रत्यक्षरुपमा गरिराखेको हुन्थेँ । तर, मेरो पालामा कसैले नगर्दिदोँ रहेछ क्या । जे भएपनि, सबैलाई माया छ ।’

गायक समेत रहेका रामकृष्ण ढकालले निर्माण गरेको यो फिल्ममा वर्षाले विजय बरालको अपोजिटमा शीर्ष भूमिका निर्वाह गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?