News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेले प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री उपस्थित भएर जवाफ नदिएसम्म कामकारबाही अघि नबढाउन आग्रह गरेको छ।
- एमाले सांसद ऐन महरले प्रधानमन्त्री र मन्त्रीहरू संघीय संसदप्रति उत्तरदायी हुने भनिए पनि प्रधानमन्त्री यसरी पन्छिने काम शोभनीय नभएको बताएका छन्।
- सभामुख डीपी अर्यालले विषयकेन्द्रित हुन ध्यानाकर्षण गराएपछि महरले प्रधानमन्त्रीको अनुपस्थितिमा अर्को मन्त्रीले विषयबस्तु राख्ने नियमावलीमा स्पष्ट नलेखिएको प्रश्न उठाएका छन्।
३० वैशाख, काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री उपस्थित भएर जवाफ नदिएसम्म कामकारबाही अघि नबढाउन आग्रह गरेको छ ।
बुधबारको बैठकमा प्रधानमन्त्री जवाफ दिन उपस्थित नभएपछि एमालेका सांसद ऐन महरले प्रधानमन्त्री र मन्त्रीहरू संघीय संसद्प्रति उत्तरदायी हुने भनिए प्रधानमन्त्री यसरी पन्छिने काम शोभनीय नभएको बताएका हुन् ।
‘संसद्लाई सर्वोपरी देशको हितमा अगाडि बढाउनुपर्दछ । प्रधानमन्त्रीबाट पटकपटक संसद्को हुर्मत लिने काम भएको छ,’ उनले भने । उनले यसो भनेपछि सभामुख डीपी अर्यालले विषयकेन्द्रित हुन ध्यानाकर्षण गराए ।
त्यसपछि महरले भने, ‘प्रधानमन्त्रीको बारेमा प्रश्न उठेको छ यहाँ जवाफ आएको छैन । कार्यसूचीमा स्पष्ट छ प्रधानमन्त्रीले जवाफ दिने । बिना जानकारी अर्को मन्त्रीबाट प्रस्तुत गर्ने काम भयो । यो नियमावलीको बर्खिलाप भयो ।’
उनले कार्यसूचीमै प्रधानमन्त्रीको अनुपस्थितिमा अर्को मन्त्रीले विषयबस्तु राख्ने भनेर किन नलेखेको भनेर सभामुखलाई प्रश्न गरे । उनले प्रधानमन्त्री प्रश्नबाट भागिरहेको पनि बताए ।
‘प्रधानमन्त्रीले केही गर्नुपर्ने कार्यसूची आउँछ अनि त्यहाँबाट भाग्ने ? यो कुरा सैह्य हुँदैन । अन्यथा सदनको कारबाही अगाडि बढानुहुँदैन,’ उनले भने ।
प्रतिक्रिया 4