+

दोस्रो खुला जुडो प्रतियोगिता हुँदै

२०८३ वैशाख  ३० गते १३:१९ २०८३ वैशाख ३० गते १३:१९
दोस्रो खुला जुडो प्रतियोगिता हुँदै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • च्याम्पियन्स जुडो एकेडेमीले जेठ २३ गते दोस्रो खुला जुडो प्रतियोगिता आयोजना गर्ने भएको छ।
  • प्रतियोगितामा पुरुष र महिलामा समान २–२ गरी ४ तौलसमूहमा खेल हुनेछ।
  • खेलाडीलाई प्रथमले ५ हजार, दोस्रोले ३ हजार र तेस्रोले २ हजार नगदसहित गिफ्ट ह्याम्पर प्रदान गरिने छ।

२९ वैशाख, काठमाडौं । च्याम्पियन्स जुडो एकेडेमीको आयोजनामा दोस्रो खुला जुडो प्रतियोगिता जेठ २३ गते हुने भएको छ ।

प्रतियोगितामा पुरुष/महिलामा समान २–२ गरी ४ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक एकेडेमीका निर्देशक सरोज महर्जनले जनाएका छन् । पुरुषमा ७३ केजीमुनि र १०० केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । महिलामा ५७ केजीमुनि र ७८ केजीमुनि खेल हुनेछ ।

हरेक स्पर्धामा पहिलो हुनेले ५ हजार, दोस्रोले ३ हजार र तेस्रोले २ हजार नगदसहित गिफ्ट ह्याम्पर प्रदान गरिने छ । प्रतियोगितामा विदेशी खेलाडी सहभागिताका लागि पनि पहल भइरहेको निर्देशक महर्जनले जानकारी गराए ।

एकदिने प्रतियोगिताका खेलहरु खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (एमएमएसी) को हलमा खेलाइने छ ।

दोस्रो खुला जुडो प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय