+
+
Shares

संसद् बैठक १५ मिनेटका लागि स्थगित

बुधबारको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाह उपस्थित नभएसम्म बैठक अगाडि बढाउन नदिने अडान राखेपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३० गते १३:१९

३० वैशाख, काठमाडौं । सभामुख डिपी अर्यालले प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।

बुधबारको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाह उपस्थित नभएसम्म बैठक अगाडि बढाउन नदिने अडान राखेपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।

आजको संसद बैठकमा नीति तथा कार्यक्रमको जवाफ प्रधानमन्त्री बालेन शाहबाट आउनुपर्ने माग गर्दै विपक्षी सांसदहरुले आवाज उठाएका छन् ।

तर प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने तयारी गरेपछि संसद बैठकमा असहज स्थिति सिर्जना भएको छ ।

शून्य समयमा सांसदहरुले बोलिसकेपछि सभामुख डिपी अर्यालले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई नीति तथा कार्यक्रममा उठेका प्रश्नबारे समय दिएका थिए । त्यसपछि प्रतिपक्षी कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति लगायत दलका सांसदले उठेर विरोध जनाए । उनीहरुले प्रधानमन्त्रीको आवाज सुन्न नपाइने संसदमा कसरी सरकारको नीति तथा कार्यक्रममाथि छलफल छ भनी प्रश्न उठाएका थिए ।

सत्तापक्षका सांसदहरुले प्रतिनिधि सभा नियमावलीको दफा ३८ मा प्रधानमन्त्री उपस्थित हुन नसक्ने अवस्थामा प्रधानमन्त्रीले तोकेको मन्त्रीबाट नीति तथा कार्यक्रमको छलफलमा भाग लिने र जवाफ दिने स्पष्ट व्यवस्था रहेको बताउँदै बैठक सञ्चालन हुनुपर्ने तर्क गरेका थिए ।

तर विपक्षी सांसदहरुले दफा ३८ लाई देखाएर पाँच वर्षसम्म प्रधानमन्त्रीको आवाज सुन्न नपाउने हो ? भन्दै प्रश्न गर्दै उपस्थित गराउन सभामुख समक्ष माग गरेका थिए । यही विवादका बीच सभामुख अर्यालले बैठक स्थगित भएको घोषणा गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?