News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका सांसद क्षितिज थेबेले प्रतिनिधिसभामा ताप्लेजुङका जनताका समस्या समेटिएको डायरी सुनाएका छन्।
- डायरीमा हावाहुरीले स्कुल र घरका छाना उडाएको, असिनाले बालीनाली नष्ट भएको र राहत नपाएको उल्लेख छ।
- सांसद थेबेले ताप्लेजुङमा सडक निर्माणका लागि प्रधानमन्त्रीलाई तत्काल पहल गर्न आग्रह गरे।
३० वैशाख, काठमाडौं । नेकपा एमालेका सांसद क्षितिज थेबेले प्रतिनिधिसभामा ताप्लेजुङ डायरी सुनाएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा उनले ताप्लेजुङ डायरी प्रस्तुत गरेका हुन् ।
ताप्लेजुङ डायरी
ताप्लेजुङका जनताप्रति हासिर्दन नमन तथा कृतज्ञता प्रकट गर्दछु ।
के गर्ने, के नगर्ने उकुसमुकुस भएको छु ।
हावाहुरीले स्कुलका छाना र घरहरू उडाएर लगेको छ ।
असिनाले बालीनाली सखाप,
जनता आघात,
जनता मारमा छन् ।
आजसम्म राहत छैन ।
यता हेर्यो खानेपानी समस्या,
उता हेर्यो सिँचाइका समस्या,
एकातिर कृषकको,
अर्कोतिर श्रमिकको,
युवाको बेरोजगारी,
जनताको गरिबी उत्तिकै,
महँगी र मुल्यवृद्धि त्यत्तिकै ।
विकास निर्माणका विषयहरू असीमित छन्
हो, अब रुखमा बाँधेर हुन्छ कि,
बाटोमा सुताएर हुन्छ कि,
खोरमा जाकेर हुन्छ, बाटो बन्नुपर्छ ।
झसङ्ग ब्युँझिन्छु ।
हो, प्रधानमन्त्रीज्यू समय आयो,
पाथीभरा सडक
चुनाव अगाडि तपाईंको यात्रा भएको सडक ।
१० वर्ष भयो अलपत्र भएको,
तमर कोरिडोर हुँदै ओलाङचुङगोला तिप्तोला नाका सडक,
याम्भुजिन हुँदै कञ्चनजंगाबेस क्याप्प सडक,
मदन भण्डारी सडक
गुफापोखरी सडक
चुवाभञ्ज्याङ तिम्बुङ पोखरी जाने सडक
हो, जसरी पनि सडक बन्नुपर्छ ।
प्रतिक्रिया 4