News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन शाहलाई जवाफ दिन रुलिङ गर्न सभामुख डीपी अर्याललाई आग्रह गरेको छ।
- सभामुख डीपी अर्यालले रुलिङभन्दा संवाद गरेर अघि बढ्नुपर्ने र आज प्रधानमन्त्री उपस्थित नहुने संकेत गरेका छन्।
- सभामुखको संकेतपछि कांग्रेसका सांसदहरूले सदन अवरोध जारी राखेका छन्।
३० वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा आएर जवाफ दिन प्रधानमन्त्री बालेन शाहलाई रुलिङ गर्न माग गरेको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले रुलिङका लागि सभामुख डीपी अर्याललाई आग्रह गरेका हुन् ।
यसबारे सभामुख अर्यालले रुलिङभन्दा पनि संवाद गरेर अघि बढ्नुपर्ने बताए । सभामुखले आजको कार्यसूचीमा प्रधानमन्त्री उपस्थित हुन सम्भव नरहेको र रुलिङ नगर्ने संकेत गरेपछि कांग्रेसका सांसदहरूले उठेर सदन अवरोध जारी राखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4