+

विश्वकपअघि कुराकाओका प्रशिक्षकले टिम छाडे

२०८३ वैशाख  ३० गते १६:०७ २०८३ वैशाख ३० गते १६:०७
विश्वकपअघि कुराकाओका प्रशिक्षकले टिम छाडे

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ मा डेब्यू गर्ने तयारीमा रहेको कुराकाओ टिमका प्रशिक्षक फ्रेड रुटेनले पदबाट राजीनामा दिएका छन्।
  • कुराकाओ फुटबल फेडेरेसनले रुटेन र अध्यक्षबीचको छलफलपछि स्वस्थ वातावरण कायम राख्न राजीनामा निर्णय भएको जनाएको छ।
  • रुटेनले व्यक्तिगत हितभन्दा टोलीलाई प्राथमिकता दिएका र डच प्रशिक्षक डिक एडभोकाटसँग मुख्य प्रशिक्षक नियुक्तीको कुरा भइरहेको छ।

३० वैशाख, काठमाडौं । फिफा विश्वकप २०२६ मा डेब्यू गर्ने तयारीमा रहेको कुराकाओ टिमका प्रशिक्षक फ्रेड रुटेनले टिमबाट राजीनामा दिएका छन् ।
रुटेनले आफ्नो पद छाड्ने निर्णय गरेको कुराकाओ फुटबल फेडेरेसन (एफएफके) ले पुष्टी गरेको छ ।

प्रशिक्षक रुटेन र फेडेरेसनका अध्यक्षबीच भएको खुला तथा रचनात्मक छलफलपछि यो निर्णय लिइएको फेडेरेसनले जनाएको छ ।
कुराकाओको फुटबल, खेलाडीहरूको हित र राष्ट्रिय टोली वरपर शान्त वातावरण कायम राख्ने आवश्यकतालाई ध्यान दिँदै यो निर्णय गरिएको हो ।

‘खेलाडीहरू र प्राविधिक टोलीभित्र स्वस्थ व्यावसायिक सम्बन्धलाई क्षति पुर्‍याउने वातावरण सिर्जना हुनु हुँदैन । त्यसैले एक कदम पछाडि हट्नु बुद्धिमानी हुन्छ । साथै समय पनि कम छ र कुराकाओले अघि बढिरहनुपर्छ । परिस्थिति जसरी विकसित भयो त्यसप्रति मलाई दुःख लागेको छ, तर म सबैलाई सफलताको शुभकामना दिन्छु,’ फ्रेड रुटेनको भनाई उदृत गर्दै कुराकाओ फुटबल फेडेरेसनले उल्लेख गरेको छ ।

फेडेरेसनले प्रशिक्षक कुनै विवादको विषय नभएको पनि प्रष्ट पारेको छ ।
रुटेनले यस परिस्थितिमा असाधारण स्तरको व्यावसायिकता, जिम्मेवारीबोध र उत्कृष्ट चरित्र प्रदर्शन गरेको र कुराकाओ फुटबलप्रतिको आफ्नो प्रतिबद्धताका कारण उनले व्यक्तिगत हितभन्दा टोलीलाई प्राथमिकता दिएका पनि कुराकाओ फुटबल फेडेरेसनले जनाएको छ ।
साथै फेडेरेसनले यस्तो कठिन निर्णय लिने क्रममा रुटेनले देखाएको नेतृत्व, इमान्दारिता र राष्ट्रिय फुटबलप्रतिको सम्मानप्रति उच्च प्रशंसा व्यक्त गरेको छ ।

रुटेनले छाडेपछि कुराकाओलाई विश्वकपमा छनोट गराएर डच प्रशिक्षक डिक एडभोकाटले टिम सम्हाल्न सक्ने विभिन्न रिपोर्टले जनाएको छ । कुराकाओ फुटबल फेडेरेसनले पनि एडभोकाटसँग छलफल भएको र मुख्य प्रशिक्षक नियुक्तीको विषयमा कुरा भइरहेको जनाएको छ ।

एडभोकाटले आफ्नो छोरीको स्वास्थ्य स्थितीका कारण टिम छाडेपछि रुटेनले फेब्रुअरीमा प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए ।
रुटेनको प्रशिक्षणमा कुराकाओले मार्चमा खेलेको दुई वार्मअफ म्याचमा हारे बेहोरेको थियो ।

पहिलो पटक विश्वकपमा छनोट भएको कुराकाओले समूह चरणमा घाना, मोरोक्को र साउदी अरेबियासँग खेल्ने तालिका छ । कुराकाओ विश्वकपमा छनोट हुने सबैभन्दा सानो र कम जनसंख्या भएको राष्ट्र हो ।

कुराकाओ फुटबल टिम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय