+
+
Shares

राजेश हमालको टिभी शो ‘यो नेपाली शिर उचाली सिजन २‘ आजदेखि

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३० गते १७:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता राजेश हमालको टेलिभिजन शो ‘यो नेपाली शिर उचाली सिजन २’ आजदेखि हिमालय टेलिभिजनमा साँझ ८ बजेर ३० मिनेटमा प्रसारण हुने भएको छ।
  • कार्यक्रमले अष्ट्रेलियामा उल्लेख्य सफलता हासिल गरेका नेपालीको कथा समेट्नेछ र युट्युब च्यानलमा पनि उपलब्ध हुनेछ।
  • कार्यकारी निर्माता विवेक रेग्मीले सिजन २ मा १३ भाग हुने र कार्यक्रमले विश्वभरका नेपालीका पौरखको कथा समेट्ने बताए।

काठमाडौं । अभिनेता राजेश हमालको टेलिभिजन शो ‘यो नेपाली शिर उचाली सिजन २’ आज (बुधबार) देखि प्रसारण हुने भएको छ । साप्ताहिक रुपमा साँझ ८ बजेर ३० मिनेटमा हिमालय टेलिभिजनमा प्रसारण हुने कार्यक्रमलाई युट्युब च्यानल ‘यो नेपाली शिर उचाली’ मा पनि हेर्न सकिनेछ ।

कार्यक्रममा हमालले विदेशी भूमिमा संघर्ष गरि गर्व गर्न लायक काम गरेका नेपालीसँग उनीहरुको कर्म थलोमै पुगेर साक्षात्कार गर्नेछन् । कार्यक्रमको दोस्रो सिजन अष्ट्रेलिया केन्द्रित रहने छ भने त्यहाँका विभिन्न शहरमा विविध क्षेत्रमा उल्लेख्य सफलता हासिल गरेका नेपालीको कथा समेटिने छ ।

मुभ मिडिया प्रालिले उत्पादन गरेको कार्यक्रम अष्ट्रेलियामा एसजिटी प्रोडक्सनको सहकार्यमा छायाङ्कन गरिएको हो । कार्यकारी निर्माता विवेक रेग्मीले पहिलो सिजन जस्तै यो सिजन पनि १३ भागको हुने जानकारी दिएका छन् ।

रेग्मीले कार्यक्रममा समेटिने कथाहरू संसारभर रहेका नेपालीका लागि प्रेरणा बन्ने बताएका छन् । कार्यक्रम संसारभरका पौरखी नेपालीसँग भएको ज्ञान र सीपलाई स्वदेशसँग कसरी जोड्ने भन्ने बहसको सार्थक थालनी भएको उनको विश्वास छ ।

कार्यक्रमको पहिलो सिजन गतवर्ष युरोपबाट सुरु भएको थियो । निर्माता रेग्मीका अनुसार कार्यक्रमले पालैपालो विश्वभर छरिएका नेपालीको पौरखको कथा समेट्दै जानेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?