+

इटालीबाट खेलिसकेका ब्याटर इमिलियो गे इंग्ल्यान्डको टेस्ट टोलीमा

२०८३ वैशाख  ३० गते १७:३७ २०८३ वैशाख ३० गते १७:३७
इटालीबाट खेलिसकेका ब्याटर इमिलियो गे इंग्ल्यान्डको टेस्ट टोलीमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इमिलियो गेलाई न्यूजिल्यान्डविरुद्ध लर्ड्समा हुने पहिलो टेस्टका लागि इंग्ल्यान्डको १५ सदस्यीय टोलीमा पहिलो पटक समावेश गरिएको छ।
  • गेले सन् २०२४ मा इटालीको प्रतिनिधित्व गर्दै चार खेल खेलेका थिए र टी–२० विश्वकप युरोप छनोटमा इटालीलाई विश्वकपमा पुर्‍याउन भूमिका खेलेका थिए।
  • इंग्ल्यान्डले अस्ट्रेलियासँगको एशेजपछि टोलीमा परिवर्तन गर्दै गे, जेम्स र्यु र सन्नी बेकरलाई पहिलो पटक टोलीमा राखेको छ।

३० वैशाख, काठमाडौं । ब्याटर इमिलियो गे पहिलो पटक इंग्ल्यान्डको टेस्ट टोलीमा परेका छन् । न्यूजिल्यान्डविरुद्ध जुन ४ देखि लर्ड्समा सुरु हुने पहिलो टेस्टका लागि इंग्ल्यान्डले १५ सदस्यीय टोली घोषणा गर्दा २६ वर्षीय ओपनर गेलाई मौका दिएको हो ।

इमिलियो गे इंग्ल्यान्डका लागि नयाँ अनुहार भए पनि उनी अन्तर्राष्ट्रिय क्रिकेटमा भने नयाँ होइनन् । उनले यसअघि इटालीबाट पनि खेलिसकेका छन् । मामाघरको हजुरबुबामार्फत इटालीबाट खेल्न योग्य रहेका गेले सन् २०२४ मा इटालीको प्रतिनिधित्व गर्दै चार खेल खेलेका थिए ।

उनले टी–२० विश्वकप युरोप छनोटमा पनि इटालीलाई पहिलोपटक विश्वकपमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका थिए । यद्यपी चोटका कारण टी-२० विश्वकप भने गुमाए । विश्वकपमा इटालीले इंग्ल्यान्डसँग पनि खेलेको थियो ।

घरेलु क्रिकेटमा लगातार राम्रो प्रदर्शन गरेपछि इंग्ल्यान्डले उनलाई टेस्ट टोलीमा बोलाएको हो । गत सिजन उनले काउन्टी क्रिकेटमा एक हजारभन्दा बढी रन बनाएका थिए, जसमा २६१ रनको दोहोरो शतक पनि समावेश थियो । यस प्रदर्शनले उनलाई इंग्ल्यान्डको राष्ट्रिय टोलीसम्म पुर्‍याएको हो ।

इंग्ल्यान्डले अस्ट्रेलियासँगको खराब एशेजपछि टोलीमा केही परिवर्तन गरेको छ । त्यसक्रममा इमिलियो गे, जेम्स रिउ र सन्नी बेकरलाई पहिलो पटक टोलीमा राखिएको हो ।

इंग्ल्यान्डको टोली : बेन स्टोक्स, रेहान अहमद, गस एटकिन्सन, सन्नी बेकर, शोएब बशीर, जेकब बेथेल, ह्यारी ब्रुक, बेन डकेट, म्याथ्यू फिशर, इमिलियो गे, जेम्स रिउ, ओली रोबिन्सन, जो रुट, जेमी स्मिथ र जोश टङ

इंग्ल्यान्ड टेस्ट टिम इमिलियो गे
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय