+
+
Shares

एलएस होराइजन-१२ को इकाइ खरिदका लागि आवेदन खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३० गते १७:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लक्ष्मी सनराइज क्यापिटलले एलएस होराइजन–१२ नामक १२ वर्षे बन्दमुखी सामूहिक लगानी कोषको इकाइ निष्कासन र बिक्री आजदेखि खुला गरेको छ।
  • कोषको कुल आकार १ अर्ब २० करोड रुपैयाँ बराबर १२ करोड इकाइमध्ये १ करोड ८० लाख इकाइ लक्ष्मी सनराइज बैंकका लागि सुरक्षित गरिएको छ।
  • लगानीकर्ताले न्यूनतम १०० देखि अधिकतम १ करोड २० लाख इकाइसम्म आवेदन दिन सक्नेछन् र आवेदन अवधि जेठ ४ गतेसम्म छ।

३० वैशाख, काठमाडौं । लक्ष्मी सनराइज क्यापिटलले आजदेखि एलएस होराइजन–१२ नामक सामूहिक लगानी कोषको इकाइ निष्कासन तथा बिक्री खुला गरेको छ ।

१२ वर्षे बन्दमुखी प्रकृतिको उक्त योजनाअन्तर्गत प्रतिइकाई १० रुपैयाँ दरका कुल १२ करोड इकाइ बिक्रीमा आएको हो, जसको कुल आकार १ अर्ब २० करोड रुपैयाँ बराबर रहेको छ ।

कुल निष्कासनमध्ये १ करोड ८० लाख इकाइ बिज पूँजीका रूपमा कोष प्रवद्र्धक लक्ष्मी सनराइज बैंकका लागि सुरक्षित गरिएको छ भने बाँकी १० करोड २० लाख इकाइ सर्वसाधारणका लागि छुट्याइएको क्यापिटलले जनाएको छ ।

लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतम १ करोड २० लाख इकाइसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । फन्डमा जेठ ४ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सम्पूर्ण इकाइ बिक्री नभएमा आवेदन अवधि जेठ १३ गतेसम्म लम्बिनेछ ।

उक्त योजनाको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । साथै, मेरो सेयर प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत अनलाइन आवेदनको सुविधा समेत उपलब्ध रहेको छ ।

म्युचुअल फण्ड निष्कासनका लागि केयर रेटिङ नेपालले कोष प्रबद्र्धकलाई केयर बीबीबी प्लस रेटिङ प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई एनपी एएमसी क्वालिटी ३ प्लस रेटिङ प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?