३० वैशाख, काठमाडौं । राजस्व चुहावट मुद्दामा तीन करोड भन्दा बढी जरिवाना सुनाइएका फरार प्रतिवादी प्रहरीले पक्राउ गरेको छ ।
वीरगञ्ज ममहानगरपालिका–३१ का प्रविन्द साह गोढलाई बुधबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीका अनुसार गोढविरुद्ध पर्सा जिल्ला अदालतले राजस्व चुहावट मुद्दामा ६ महिना कैद र तीन करोड १२ लाख ६० हजार ८० रुपैयाँ जरिवानाको फैसला गरेको छ ।
फैसलापछि उनी फरार रहेर विभिन्न स्थानमा लुकिछिपी बस्दैआएको प्रहरीले जनाएको छ । पक्राउपछि उनलाई पर्सा जिल्ला अदालतमा बुझाएको पर्सा प्रहरीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4