+

कोहलीको शानदार शतकमा बेंगलुरु शीर्षस्थानमा

२०८३ वैशाख  ३१ गते ८:२३ २०८३ वैशाख ३१ गते ८:२३
कोहलीको शानदार शतकमा बेंगलुरु शीर्षस्थानमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रोयल च्यालेन्जर्स बेंगलुरुले विराट कोहलीको अविजित १०५ रनको मद्दतमा आईपीएल २०२६ मा कोलकाता नाइट राइडर्सलाई ६ विकेटले हरायो।
  • कोलकाताले दिएको १९३ रनको लक्ष्य बेंगलुरुले १९.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो र १२ खेलबाट १६ अंकसहित शीर्षस्थानमा उक्लियो।
  • कोलकाताका लागि अंगकृष रघुवंशीले ७१ रन बनाए पनि टोलीको प्लेअफ सम्भावना कठिन बनेको छ।

३१ वैशाख, काठमाडौं । विराट कोहलीको अविजित शतकको मद्दतमा रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा कोलकाता नाइट राइडर्सलाई ६ विकेटले हराउँदै अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ।

रायपुरमा बिहीबार राति भएको खेलमा कोलकाताले दिएको १९३ रनको लक्ष्य बेंगलुरुले १९.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । बेंगलुरुको जितमा विराट कोहली नायक बने ।

उनले ६० बलमा अविजित १०५ रन बनाउँदै टोलीलाई सहज जित दिलाए। आफ्नो इनिङ्समा उनले ८ चौका र ५ छक्का प्रहार गरे। यो उनको आईपीएल करिअरको नवौं शतक हो। देवदत्त पडिक्कलले २७ बलमा ३९ रन बनाए भने विराटसँग दोस्रो विकेटका लागि महत्वपूर्ण साझेदारी गरे।

कोलकाताका लागि कार्तिक त्यागीले ३ विकेट लिए पनि अन्य बलरले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनन् ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९२ रन बनाएको थियो । उसका लागि अंगकृष रघुवंशीले उत्कृष्ट ब्याटिङ गर्दै ४६ बलमा ७१ रन बनाए । उनले ७ चौका र ३ छक्का प्रहार गरे। रिंकु सिंह २९ बलमा ४९ रनमा अविजित रहे । अन्तिम ओभरहरूमा दुवैले टोलीलाई बलियो स्कोरसम्म पुर्‍याएका थिए।

बेंगलुरुका लागि भुवनेश्वर कुमार, जोस हेजलवुड र रसिख सलामले १-१ विकेट लिए ।

यो जितसँगै बेंगलुरुको १२ खेलबाट १६ अंक पुगेको छ र नेट रन रेटका आधारमा शीर्षस्थानमा उक्लिएको छ । लगातार चौथो जित निकाल्दै बेंगलुरुले प्लेअफ नजिक पुगेको छ ।

पराजित कोलकाताको भने ११ खेलमा ९ अंक मात्रै छ र उसको प्लेअफ सम्भावना थप कठिन बनेको छ।

आईपीएल २०२६ कोलकाता नाइट राइडर्स रोयल च्यालेन्जर्स बेंगलुरु विराट कोहली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय