+
+
Shares

आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परे टिकटकर अमितकुमार

धनुषा घर भएका एक जना टिकटकर आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३१ गते १२:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनुषाका २३ वर्षीय अमितकुमार यादवलाई टिकटकमा गालीगलौज गरी आत्महत्या दुरुत्साहन मुद्दामा वैशाख २९ गते सप्तरी प्रहरीले पक्राउ गरेको छ।
  • मनिषा कुमारी मण्डललाई टिकटक लाइभमा अश्लिल गालीगलौज गरेको आरोपपछि उनी विषाधी सेवन गरी चैत १४ गते विराटनगर शिक्षण अस्पतालमा मृत्यु भएकी थिइन्।
  • अमितकुमारमाथि अनुसन्धान जारी छ र उनले न्यु स्टार आईडीबाट महिलाहरूलाई लक्षित गर्दै अश्लिल भाषा प्रयोग गरेका भिडियोहरू बनाउँदै आएका थिए।

३१ वैशाख, सप्तरी । धनुषा घर भएका एक जना टिकटकर आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको गणेशमानचारनाथ नगरपालिका-८ का २३ वर्षीय अमितकुमार यादव छन् ।

उनलाई वैशाख २९ गते पक्राउ गरिएको जिल्ला प्रहरी सप्तरीका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता डम्बर बहादुर पुरीले जानकारी दिए ।

तिलाठी कोइलाडी वडा नम्बर ४ की मनिषा कुमारी मण्डललाई अमित कुमार यादव समेतले टिकटक लाइभमा बसी अश्लिल गाली गलौज गरेको आरोप छ ।

सो घटनापछि मनिषाले विषाधी सेवन गरेको र विराटनगर शिक्षण अस्पतालमा उपचारको क्रममा चैत १४ गते मृत्यु भएको थियो ।

सो घटनापछि अमितकुमारविरुद्ध चन्दनकुमार मण्डल धानुकले आत्महत्या दुरुत्साहन मुद्दामा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा यादवलाई पक्राउ गरेको सप्तरी प्रहरीले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक पुरीका अनुसार अमितकुमारमाथि अनुसन्धान जारी छ । यसअघि पनि धनुषा प्रहरीले टिकटकमा आपत्तिजनक सामग्री राखेको भन्दै यादवलाई पक्राउ गरेको थियो ।

पछिल्लो समय उनले न्यु स्टार आईडीमार्फत् महिलाहरूलाई लक्षित गर्दै गालीगलौज, अश्लिल भाषा प्रयोग गर्दै भिडियोहरू बनाउँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?