+
+
Shares

बजार पहुँच विस्तारबारे सी र ट्रम्पबीच छलफल

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३१ गते १६:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच व्यापार पहुँच विस्तार गर्ने विषयमा छलफल भएको छ।
  • ह्वाइट हाउसका अधिकारीले रोयटर्सलाई बताएअनुसार चीनमा अमेरिकी व्यवसायहरूको बजार पहुँच विस्तार र अमेरिकामा चिनियाँ लगानी बढाउने कुराकानी भएको छ।
  • ट्रम्पले सामाजिक सञ्जालमा आफूले सी जिनपिङलाई 'चीन खुला गर्न' आग्रह गर्ने बताएका छन्।

चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच दुई मुलुकबीच व्यापार पहुँच विस्तार गर्ने विषयमा छलफल गरेका छन् ।

ह्वाइट हाउसका एक अधिकारीले रोयटर्सलाई दिएको जानकारी अनुसार सी र ट्रम्पबीच चीनमा अमेरिकी व्यवसायहरूको बजार पहुँच विस्तार गर्ने र अमेरिकामा चिनियाँ लगानी बढाउने विषयमा छलफल भएको छ।

यसका साथै, चीनले अमेरिकी कृषि उत्पादनहरूको खरिदमा वृद्धि गर्ने विषयमा पनि कुराकानी भएको छ।

चीन अवतरण गर्नुअघि ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै आफूले सी जिनपिङलाई ‘चीन खुला गर्न’ आग्रह गर्ने बताएका थिए।

उनले आफूसँगै आएका शीर्ष अमेरिकी व्यवसायीहरूको समूहलाई ‘यी प्रतिभाशाली मानिसहरू’ भन्दै सम्बोधन गरे र उनीहरूले आफ्नो ‘जादु देखाएर’ चीनलाई अझ उच्च स्तरमा पुर्‍याउन सक्ने उल्लेख गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?