१ जेठ, सप्तरी । सप्तरीको राजविराजस्थित नेताचोकमा रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका)को अतिक्रमित जग्गा राजविराज नगरपालिकाले अतिक्रमणमुक्त गराउने भएको छ ।
गत वैशाख २८ गते बसेको कार्यपालिका बैठकले व्यक्तिले अतिक्रमण गरेको जग्गा खाली गराउने सर्वसम्मत निर्णय गरेको हो ।
राजविराज नगरपालिका साविक वडा नं. ७ हाल राजविराज नगरपालिका वडा नं. ६ अन्तर्गत कित्ता नम्बर ९० को ६ कठ्ठा ६ धुर जग्गामध्ये २ कठ्ठा १४ धुर जग्गा जगदिश झाका छोरा उज्वल झा लगायत व्यक्तिहरुले अतिक्रमण गरेका छन् ।
सो अतिक्रमित जग्गा अतिक्रमणमुक्त गराइदिन कोष तथा लेखा नियन्त्रक कार्यालयले नगरपालिकालाई दुईपटक अनुरोध गरेको थियो ।
राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत प्रविणले सम्बन्धित व्यक्तिहरुलाई सात दिन भित्र उक्त जग्गा खाली गरिदिन भनेको जानकारी दिए ।
निर्धारित समयसीमा भित्र खाली नगरेमा नगरपालिकाले नै खाली गराउने र खाली गराउँदा हुने क्षतिको जम्मेवार सम्बन्धित व्यक्ति हुने चेतावनी उनले दिए ।
प्रतिक्रिया 4