+
+
Shares

अमृत साइन्स क्याम्पसमा मनाइयो विद्यार्थी आन्दोलन दिवस

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १ गते १२:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमृत साइन्स क्याम्पस ‘अस्कल’ मा स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको आयोजनामा विद्यार्थी आन्दोलन स्थापना दिवस मनाइएको छ।
  • स्ववियु सभापति रुद्रहरी पोखरेलले विद्यार्थी आन्दोलनले राणा शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा भूमिका खेलेको बताए।
  • अमृत क्याम्पसको स्ववियुले हरेक वर्ष जेठ १ लाई विद्यार्थी एकता र अधिकारको प्रतीकका रूपमा मनाउँदै आएको छ।

१ जेठ, काठमाडौं । अमृत साइन्स क्याम्पस ‘अस्कल’ मा विद्यार्थी आन्दोलन स्थापना दिवस मनाइएको छ । नेपाली विद्यार्थी आन्दोलनको ऐतिहासिक दिनको अवसर पारेर स्वतन्त्र विद्यार्थी युनियन स्ववियु अमृत क्याम्पसको आयोजनामा क्याम्पस परिसरमा झण्डोत्तोलन समेत गरेर दिवस मनाइएको हो ।

कार्यक्रममा स्ववियु सभापति रुद्रहरी पोखरेलले क्याम्पसको छतमा राष्ट्रिय झण्डा स्थापना गर्दै विद्यार्थी आन्दोलनको ऐतिहासिक विरासतलाई सम्मान गरे ।

‘नेपालमा  राणा शासनको अन्त्य, निरंकुश पञ्चायतको विस्थापन र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको जग विद्यार्थी आन्दोलन नै हो,’ सभापति पोखरेलले भने, ‘आजको दिन ती तमाम वीर विद्यार्थी योद्धाहरूलाई स्मरण गर्ने दिन हो जसले देश र जनताको स्वतन्त्रताका लागि आफ्नो जीवनको आहुति दिए।हामी उहाँहरूको पदचापलाई पछ्याउँदै शैक्षिक सुधार र राष्ट्रियताको रक्षाका लागि सधैं अडिग रहनेछौं ।’

विद्यार्थी आन्दोलनको ऐतिहासिक भूमिका कार्यक्रममा विद्यार्थी आन्दोलनका विभिन्न कालखण्डका उपलब्धिहरूलाई स्मरण गरिएको थियो ।

अमृत क्याम्पसको स्ववियुले हरेक वर्ष जेठ १ लाई विद्यार्थी एकता र अधिकारको प्रतीकका रूपमा मनाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?