+
+
Shares

पूर्वाधार विकासमन्त्रीबाट नागढुंगा-मुग्लिङ सडक खण्डको अनुगमन

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नागढुंगा-मुग्लिङ सडक खण्डको स्थलगत अनुगमन गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १ गते १२:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नागढुंगा-मुग्लिङ सडक खण्डको स्थलगत अनुगमन गरेका छन्।
  • बिटुमिन र पेट्रोलियम पदार्थको अभावले सडक निर्माण कार्य प्रभावित भएको छ भने स्थानीय अवरोध र सामग्रीको कमी पनि समस्या हुन्।
  • निर्माण व्यवसायीहरूले समस्या सरकारलाई अवगत गराए पनि चासो नपाएपछि मन्त्री लम्सालले अनुगमन गरेर समाधान खोज्न सक्रियता देखाएका छन्।

१ जेठ, काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नागढुंगा-मुग्लिङ सडक खण्डको स्थलगत अनुगमन गरेका छन् ।

पछिल्लो समय निर्माण कार्यमा देखिएका व्यवधान र ढिलाइबारे वस्तुस्थितिको जानकारी लिन मन्त्री लम्साल उक्त सडक खण्डको निरीक्षणमा निस्कएका हुन् ।

पश्चिम एसियामा बढ्दै गएको द्वन्द्वका कारण बिटुमिन तथा अन्य पेट्रोलियम पदार्थको आयातमा समस्या उत्पन्न हुँदा यस सडक खण्डको निर्माण कार्य प्रभावित हुन पुगेको छ ।

इन्धन र बिटुमिनको अभावका कारण नागढुंगा–मुग्लिङ मात्र नभई देशभरका विभिन्न सडक आयोजनाहरूको निर्माण कार्य समेत सुस्त वा ठप्प भएको अवस्था छ ।

निर्माण कार्य रोकिनुमा अन्तर्राष्ट्रिय परिस्थिति मात्र नभई स्थानीय स्तरमा हुने अवरोध र ढुंथा, गिटी तथा बालुवाको सहज उपलब्धता नहुनु पनि प्रमुख कारण रहेका छन् ।

निर्माण व्यवसायीहरूले यी समस्याहरूबारे सरकारलाई पटक–पटक अवगत गराउँदै आए पनि राज्य पक्षबाट पर्याप्त चासो नदिइएको गुनासो बढिरहेको थियो ।

व्यवसायीहरूको गुनासो र आयोजनामा देखिएको सुस्ततालाई मध्यनजर गर्दै समस्या समाधानका लागि मन्त्री लम्सालले स्वयं अनुगमनमा सक्रियता देखाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?