+
+
Shares

हाम्रो भोक मेटाउने किसानले मल खोज्दै सिंहदरबार आउनुपर्ने बाध्यता हट्नुपर्छ : सांसद खनाल

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १ गते १६:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सांसद केपी खनालले ग्रीन हाइड्रोजन प्रविधिबाट मल उत्पादनतर्फ सरकार अघि बढ्नुपर्ने बताएका छन्।
  • खनालले किसानहरूले मल माग्न सिंहदरबार धाउनुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताए।
  • उनीहरूले कृषि मन्त्रालयले दक्षताका साथ काम गर्नुपर्ने र नेपालमा कृषि उत्पादनको ठूलो सम्भावना रहेको उल्लेख गरे।

१ जेठ, काठमाडौं । रास्वपा सांसद केपी खनालले विद्युत् प्रयोगमार्फत ग्रीन हाइड्रोजन प्रविधिबाट मल उत्पादनतर्फ सरकार अघि बढ्नुपर्ने बताएका छन् ।

शुक्रबार कृषि समितिको बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले किसानहरू मल माग्न सिंहदरबार धाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए ।

‘विद्युत प्रयोग गरी ग्रीन हाइड्रोजन प्रविधिमार्फत मल उत्पादन गर्ने कुरा गर्नुपर्छ । आज माटोमा खेलेर हाम्रो भोक मेटाइरहेका नागरिकहरुले मलको माग गर्दै सिंहदरबार आउनुपर्ने आवश्यकता छ,’ खनालले भने, ‘आज उनीहरूको पक्षमा बोल्ने सरकार आएको छ । तर यसका लागि कृषि मन्त्रालयले दक्षताका साथ काम गर्नुपर्ने हुन्छ ।’

कृषि मन्त्रालयले प्रभावकारी रुपमा काम गर्नुपर्ने समेत बताउँदै सांसद खनालले इजरायलको उदाहरण दिँदै नेपालमा कृषि उत्पादनको ठूलो सम्भावना रहेको बताए ।

‘बालुवा मात्रै भएको इजरायले सुन फलाउनसक्छ भने हामी पहाड, हिमाल र तराई भएको देशका नागरिक हौं हामीले के फलाउन सक्दैनौं ? त्यसकारण यसतर्फ लागौं,’ उनले भने ।

सांसद खनालले नेपाल कृषिप्रधान देश भएको भन्दै मल र बीउका लागि राज्यसँग हात जोड्नुपर्ने अवस्था रहेकोप्रति चिन्ता व्यक्त गरे ।

‘नेपाल कृषिप्रधान देश हो । तर विडम्वना, यही कृषिप्रधान देशका ती भाग्यमानी हातहरू, जसले माटोको छाती चिरेर देशको भोक मेटाउँछन्, तिनै हातहरू आज मल र बीउका लागि राज्यसँग भिख मागिरहेका छन्,’ खनालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?