+
+
Shares

कपिलवस्तुमा करेन्ट लागेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १ गते १८:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कपिलवस्तु बुद्धभूमि नगरपालिका–४ जोतपुरकी ७० वर्षीया जसमती घर्तीलाई करेन्ट लागेर मृत्यु भएको छ।
  • उनी आफ्नै बारीमा घाँस काट्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी थिइन्।
  • जसमतीको उपचार तौलिहवा जिल्ला अस्पतालमा भइरहेको थियो र प्रहरीले अन्य अनुसन्धान अघि बढाएको छ।

१ जेठ, काठमाडौं । कपिलवस्तुमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

बुद्धभूमि नगरपालिका–४ जोतपुर बस्ने ७० वर्षीया जसमती घर्तीको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको हो ।

आफ्नै बारीमा घाँस काट्ने क्रममा बारीमा जडान गरेको विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी गराएको छ ।

यसबारे प्रहरीले अन्य अनुसन्धान पनि अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?