+
+
Shares

पूर्वाधार विकास मन्त्री लम्सालले गरे सिद्धबाबा सुरुङमार्गको अनुगमन

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २ गते १५:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सिद्धबाबा सुरुङमार्गको स्थलगत अनुगमन गरी निर्माण प्रगति र समस्याबारे जानकारी लिएका छन्।
  • मन्त्री लम्सालले सुरुङमार्ग निर्माणलाई तिव्रता दिन निर्देशन दिएका छन् र समस्या देखिए मन्त्रालयमा जानकारी गराउन आग्रह गरेका छन्।
  • सिद्धार्थ राजमार्गको सुरुङमार्ग राष्ट्रिय गौरवको आयोजना हो र चीनको कम्पनीले २०८३ चैत्र भित्र निर्माण सक्ने गरी काम गरिरहेको छ।

२ जेठ, काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माणधिण सिद्धबाबा सुरुङमार्गको स्थलगत अनुगमन गरेका छन् ।

मन्त्री लम्सालले सुरुङमार्ग निर्माणमा भइरहेको प्रगति तथा निर्माणका क्रममा देखिएका समस्याका बारेमा जानकारी लिए । साथै, निर्माणलाई तिव्रता दिन पनि उनले निर्देशन दिएका छन् ।

निर्माणका समयमा कुनै समस्या देखिएमा पनि तत्काल मन्त्रालयमा जानकारी गराउन उनको आग्रह छ ।

मन्त्री लम्साल मन्त्रालयका कर्मचारी तथा सडकविभागका महानिर्देशकसहित सुरुङमार्गको स्थलगत अनुगमनको लागी पुगेका हुन् ।

सिद्धार्थ राजमार्ग निर्माणाधीण सुरुङमार्ग सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाएको छ ।

चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले २०८३ चैत्र भित्र निर्माण सक्नेगरी सुरुङमार्गको काम गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?