News Summary
Generated by OK AI. Editorially reviewed.- रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–७ भैसाहीस्थित सडकमा शनिबार बिहान मोटरसाइकल दुर्घटना हुँदा ३५ वर्षीया श्रीभावत धोवीको मृत्यु भएको छ।
- श्रीभावत धोवीको सिटी अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
- दुर्घटनामा घाइते मोटरसाइकल चालक र अर्को सवारको सोही अस्पतालमा उपचार भइरहेको छ।
२ जेठ, काठमाडौं । रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।
लुम्बिनी साँस्कृतिक नगरपालिका–७ भैसाहीस्थित सडकमा मंगलपुरबाट पर्सातर्फ आउँदै गरेको युपि ५५ एएच ८०९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार बिहान दुर्घटना भएको थियो ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, उक्त दुर्घटना हुँदा मोटरसाइकलमा सवार कोटहीमाई गाउँपालिका–५ नोउडीहवा बस्ने ३५ वर्षीया श्रीभावत धोवीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको सिटी अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4