+
+
Shares

एसईई पास गरेका ५५ विद्यार्थीका लागि रास्वपा सांसदको पूर्ण छात्रवृत्ति कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २ गते २०:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सांसद केपी खनालले गरिब र विपन्न परिवारका ५५ विद्यार्थीका लागि 'एमपी स्कलरसिप प्रोग्राम' अन्तर्गत छात्रवृत्ति घोषणा गरेका छन्।
  • उनले '५५ विद्यार्थी, ५५ सपना' शीर्षकमा छात्रवृत्ति कार्यक्रमको लागि फारम भर्न एउटा लिंक सेयर गरेका छन्।
  • उनले अभिभावकहरूले देखाएको आशालाई छात्रवृत्ति कार्यक्रममार्फत अभिभावकसम्म पुग्ने प्रयास गरेको उल्लेख गरेका छन्।

२ जेठ, काठमाडौं । रास्वपा सांसद केपी खनालले एसईई पास गरेका विद्यार्थीहरूका लागि छात्रवृत्ति कार्यक्रम घोषणा गरेका छन् ।

आफ्नो क्षेत्रका गरिब, जेहेनदार र विपन्न परिवारका विद्यार्थीहरूका लागि ‘एमपी स्कलरसिप प्रोग्राम’ अन्तर्गत उनले ५५ जना विद्यार्थीका लागि छात्रवृत्ति घोषणा गरेका हुन् ।

चुनावको बेलामा अभिभावकहरूले आफूप्रति देखेको आशालाई छात्रवृत्ति कार्यक्रममार्फत अभिभावकसम्म पुग्ने प्रयास आफूले गरेको उनले बताएका छन् ।

‘५५ विधार्थी , ५५ सपना’ शीर्षक दिएर उनले घोषणा गरेको पूर्ण छात्रवृत्ति कार्यक्रममा सहभागी हुन उनले फारम भर्न भन्दै एउटा लिंक सेयर गरेका छन् ।

आफू बसोबास गरिरहेको नजिक पर्ने पालिकाको केन्द्र छनोट गर्न आग्रह गर्दै बाँकी विषयहरू भिडियो सन्देशमार्फत जानकारी गराउने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?