३ जेठ, काठमाडौं । अमेरिकामा बन्दी रहेका भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोका एक निकट पूर्वमन्त्रीलाई पनि अमेरिकालाई बुझाइएको छ । पूर्वउद्योगमन्त्री एलेक्स साबलाई भेनेजुएलाको राजधानी काराकसबाट अमेरिकालाई बुझाइएको समाचार आएका छन् ।
समाचारअनुसार उनी भेनेजुएलाका धनी व्यवसायी पनि मानिन्छन्, जो कोलम्बियामा जन्मिएका थिए । मदुरो शासनकालमा उनी राष्ट्रपति सबैभन्दा निकट मन्त्री मानिन्थे ।
पूर्वमन्त्री साब फेब्रुअरीमा काराकसमा भेनेजुएला र अमेरिकी अधिकारीको संयुक्त अपरेसनमा पक्राउ परेको भनिएको छ । जनवरीमा अमेरिकाले काराकासमा सैन्य हमला गरेर तत्कालीन राष्ट्रपति मदुरोलाई नियन्त्रणमा लिएर आफ्नो देश लगेको थियो ।
अहिले पूर्व मन्त्री साबलाई अमेरिका किन लगियो ? उनीमाथि लागेको आरोप के हो ? भन्ने खुलाइएको छैन ।
प्रतिक्रिया 4