३ जेठ, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको दुई प्रदेश स्तरीय भेला आइतबार सकिएको छ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको उपस्थितिमा ‘नेपाली कांग्रेसको वृहत्तर एकता र भावी कार्यदिशा’ शीर्षकमा गरिएको भेला १० बुँदे धारणा सार्वजनिक गर्दै सकिएको हो ।
सार्वजनिक गरिएको १० बुँदे धारणालाई ‘वृहत्तर एकता र भावी कार्यदिशाका लागि १० सूत्र’ भनेर नाम दिइएको छ ।
जसको पहिलो बुँदामा १५ औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्ने, सभापति गगन थापाले तत्काल पार्टीका शीर्ष नेता, पूर्वपदाधिकारीसँग सघन संवाद गर्नुपर्ने, विगतमा नवीकरण भइसकेका क्रियाशील सदस्यलाई महाधिवेशनमा सहभागितामा सुनिश्चित गर्नुपर्ने लगायतका विषय उल्लेख छन् ।

दोस्रो बुँदामा केन्द्रीय अनुशासन समितिका नाममा गरिएका कारबाही र सोधिएका स्पष्टीकरण फिर्ता लिन भनिएको छ ।
तेस्रो बुँदामा ‘कदमजम’लाई पूर्ण कार्यान्वयन गर्दै पार्टीका सबै तहमा कम्तीमा २५ प्रतिशत युवाको उपस्थिति सुनिश्चित गर्नुपर्ने भनिएको छ ।
अन्य बुँदामा राष्ट्रिय राजनीतिका घटनाक्रम र जेनजी आन्दोलनका विषयसम्म जोडिएका छन् ।
यस्तो छ १० सूत्रको पूर्णपाठ :


प्रतिक्रिया 4