+
+
Shares

सुनको मूल्य बढ्यो, चाँदी घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ४ गते ११:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले ४ जेठका लागि सुनको भाउ तोलाको २ लाख ९४ हजार ८ सय रुपैयाँ तय गरेको छ।
  • सुनको भाउ अघिल्लो दिनको तुलनामा ८ सय रुपैयाँले बढेको छ भने गत सोमबारभन्दा घटेको छ।
  • चाँदीको भाउ ४ जेठमा तोलाको ५ हजार ४० रुपैयाँ कायम भएको छ जुन अघिल्लो दिनभन्दा २० रुपैयाँले घटेको हो।

४ जेठ, काठमाडौं । सोमबार सुनको भाउ केही बढेको छ भने चाँदी घटेको छ । अघिल्लो दिन तोलामा ४ हजार ५ सय रुपैयाँ घटेको सुन आज ८ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ तोलाको २ लाख ९४ हजार ८ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ९४ हजार रुपैयाँ थियो । त्यस्तै गत सोमबार सुनको भाउ २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ केही घटेको छ । अघिल्लो दिन तोलामा ५ हजार ६० रुपैयाँ रहेको चाँदी आज २० रुपैयाँ घटेर ५ हजार ४० रुपैयाँ कायम भएको छ । गत सोमबार चाँदी ५ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?