+
+
Shares

सुधन गुरुङमाथि छानबिन गर्न गठित आयोग निगरानीमा राख्न सांसद साहको माग

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ४ गते १२:११

४ जेठ, काठमाडौ । नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप साहले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबीन गर्न गठित आयोगप्रति आशंका गरेका छन् ।

प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै उनले उक्त आयोगमाथि निगरानीको माग राखेका छन् । ‘आयोगको गतिविधिमाथि निगरानी राखियोस् र पूर्व गृहमन्त्रीको सम्पत्ति उच्च स्तरीय र पारदर्शी छानबिन गरियोस्’, सांसद साहले माग राखेका छन् ।

पूर्व गृहमन्त्री साहलाई चोख्याउनेगरी गतिविधि भइरहेको शंका पनि उनले गरेका छन् । ‘संशयको घेरामा रहेका पूर्व गृहमन्त्रीलाई चोख्याउन र बचाउनका लागि आयोग नै लागिरहेको जनस्तरमा आशंका र चर्चा छ’, साहले भने, ‘कुनैपनि शक्तिशाली पदमा बसेको व्यक्तिले कानुन भन्दा माथि रहने उन्मुक्ति पाउनु हुँदैन । आयोगले कसैले दबाव र प्रभावमा रहेर चोख्याउने काम नगरोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?