+
+
Shares

अन्तर्राष्ट्रिय जगतमा लाजै हुने गरी संसद्‍मा पत्रकारलाई दु:ख नदिइयोस् : खगेन्द्र सुनार

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ४ गते १२:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले संसद्‍मा पत्रकारलाई पानी पिउने र वासरुम जान पाउने व्यवस्था गरिदिन आग्रह गर्नुभएको छ।
  • सुनारले संसद्को गेट बाहिर पत्रकारहरूको दु:ख देखेर मन खिन्न भएको र अन्तर्राष्ट्रिय जगतमा लाज लाग्ने अवस्था भएको बताउनुभयो।
  • संसदीय मामिलामा खटिएका पत्रकारलाई पानी पर्दा क्यामरा लुकाउन र घाम लाग्दा टाउने लुकाउन समस्या हुने उल्लेख गर्नुभएको छ।

४ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले अन्तर्राष्ट्रिय जगतमा समेत लाजै हुने गरी संसद्‍मा पत्रकारलाई दु:ख नदिन आग्रह गरेका छन् ।

‘संसदीय मामिलाका रिर्पोटिङमा खटिएका पत्रकार साथीहरूको संसद्को गेट बाहिरको दु:ख देखेर, यो हरिबिजोक देखेर मन खिन्न भयो,’ सुनारले सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै भने ।

रातदिन भोक निन्द्रा नभनेर जनतालाई सूसुचित गर्ने कर्ममा लागेका संसदीय मामिलामा लागेका पत्रकारहरूलाई कम्तीमा तिर्खा लाग्दा पानी पिउने व्यवस्था गरिदिनुपर्ने उनले बताए ।

‘… कम्तीमा तिर्खा लाग्दा पानी पिउन पाउने र पिशाव लाग्दा वासरुम जान पाउने व्यवस्था गरियोस् । यसको लागि म सदनको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने ।

पत्रकारहरूलाई संसद् परिसरमा पानी पर्दा क्यामरा लुकाउन र घाम लाग्दा टाउने लुकाउन हम्मे हम्मे पर्ने गरेको उल्लेख गर्दै उनले भने, ‘अन्तर्राष्ट्रिय जगतमा समेत लाजै हुने गरी पत्रकार साथीहरूलाई दु:ख नदिन पनि म यो सम्मानित सदनको ध्यानाकर्षण गराउन चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?