News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रभावकारी लगानी आवश्यक भएको सुझाव दिइन्।
- उनले मुलुकको अर्थतन्त्रमा देखिएका चुनौतीहरू यथावत रहेको र पूँजीगत खर्च कमजोर भएको स्मरण गराइन्।
- थापाले रोजगारी सृजना हुने कार्यक्रमहरूलाई बजेटमा प्राथमिकता दिन सरकारलाई आग्रह गरिन्।
४ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले शिक्षा र स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेटको व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिने क्रममा नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले सो सुझाव दिएकी हुन् ।
‘सरकार आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । अब बजेट विनियोजनको तयारीमा छ । त्यसैले स्वास्थ्य र शिक्षाको क्षेत्रमा कटौती होइन, प्रभावकारी लगानी आवश्यक छ । पोषण, शिक्षा, स्वास्थ्य । यी तीनवटा विषयलाई एउटै विकास सूचिमा जोडन म सरकरलाई पनि सुझाव दिन चाहन्छु,’ उनले भनिन् ।
मुलुकको अर्थतन्त्रमा देखिएको चुनौती अहिले पनि यथावत रहेको जिकिर गर्दै त्यसमा सुधार ल्याउनका लागि सरकारले विशेष पहल गर्नुपर्ने उनको भनाइ थियो ।
‘माननीय अर्थमन्त्रीज्युलाई स्मरण गराउन चाहन्छु । अहिले पनि अर्थतन्त्रका मुख्य चुनौती यथावत छन् । पूँजीगत खर्च कमजोर छ । निजी क्षेत्र निरुत्साहित र त्रासमा छ । अस्वभाविका मूल्य वृद्धिले जनता निरुत्साहित छन्,’ उनले भनिन्, ‘युवा पलायन तीव्र छ । कृषिमा परनिर्भरता उच्च छ र सार्वजनिक सेवा जटिल र झन्झटिलो छ । नेपाली काँग्रेसको स्पष्ट दृष्टिकोण छ–आगमी बजेटले यी विषयलाई प्राथमिकता दिनुपर्दछ ।’
प्रमुख सचेतक थापाले सरकारले रोजगारीको अवसर सृजना हुने खालका कार्यक्रमहरूलाई पनि बजेटमा प्राथमिकताका साथ राख्न आग्रह पनि गरिन् ।
प्रतिक्रिया 4