+
+

लोकगीत अस्लिल भएको छैनः रमिला

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज १३ गते ९:३२

Ramila-Pathakकाठमाडौं । पछिल्लो समय लोकगीतमा अस्लिलता बढेको भन्दै आलोचना भइरहेका बेला गायिका रमिला न्यौपाने भने स्वीकार गरिनन् । उनले लोकगीत अस्लिल भन्दा पनि समय अनुसार अघि बढेको दाबी गरिन् ।

उनले भनिन् ‘अलिक भद्दा चाँही भएको हो ।  लोकगीतमा लोकको कुरा हुनुपर्छ भन्ने रमिला गीतका वारेमा टिप्पणी गर्नुअघि समाजलाई हेर्नुपर्ने धारणा राख्छिन् । समाजमा जे भएको छ त्यहि कुरा लोकगीतमा आए जस्तो लागेको छ उनलाई । अहिलेका तन्नेरी पुस्ताका माया प्रेम गर्ने शैलि परिवर्तन भएकाले गीतमा पनि नयाँ शब्द आएको उनको भनाई छ ।

दसैंगीत छोटो भयो

रमिलाले प्रबिन घर्तीसँग मिलेर गाएको दसैं गीतलाइ धेरैले मन पराएका छन् । धेरैको मोबाइलको रिङटोन समेत बनाएको उनको गीतलाई आम स्रोताले मन पराएका मात्रै छैनन धेरैले गीत छोटो भएको गुनासो गर्ने गरेका छन् । ‘गीत त राम्रै हो तर, छोटो भयो भनेर धेरैले भने ।’ रमिलाले भनिन् ।

गतवर्ष पनि ‘अहिलेको दसैं शीर्षकमा एउटा गीत गाएकी रमिलाले तीजका गीत गाउन थालेपछि दसैं तिहार संगै अन्य पर्वका समेत गीत गाउन थालेकी हुन् । पर्वका गीत गाउँदा रमाइलो अनुभव गर्ने गरेकी छिन् उनले ।

दार्जीलिङमा गीत गाएर दसैं

प्राय फुलपातीकै दिन घर पुग्ने गरेकी रमिला यसपाली भने टिकाको दिन मात्रै घर सिन्धुपाल्चोक जाने योजनामा छिन् । कारण, दसैंमा उनि यसपाली गीत गाउनकै लागि दार्जीलिङ जाने भएकी छिन् । दार्जीलिङका नेपालीले आयोजना गरको दसैं कार्यक्रममा केही गीत गाउने उनको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?