News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानन्यायाधीशमा सिफारिस डा. मनोज कुमार शर्मामाथि संसदीय सुनुवाइ आजबाट सुरु हुँदैछ।
- आजको बैठकमा डा. शर्मामाथि परेका उजुरी खोल्ने र कार्ययोजना वितरण गर्ने कार्यसूची रहेको समितिकी उपसचिव सावित्रा शर्माले बताइन् ।
- २४ वैशाखमा संवैधानिक परिषद्ले डा. मनोज शर्मालाई प्रधानन्यायाधीशमा नियुक्त गर्न सिफारिस गरेको थियो।
५ जेठ, काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस डा. मनोज कुमार शर्मामाथि संसदीय सुनुवाइ आजबाट सुरु हुँदैछ । त्यसका लागि आज बिहान ८ बजे संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ ।
विधायन व्यवस्थापन समितिको सभाकक्षमा बस्ने बैठकमा डा. शर्मा उपर परेका उजुरी खोल्ने र कार्ययोजना वितरण गर्ने कार्यसूची रहेको समितिकी उपसचिव सावित्रा शर्माले जानकारी दिइन् । उनीमाथि सोह्र वटा उजुरी परेको स्रोतले जनाएको छ ।
२४ वैशाखमा बसेको संवैधानिक परिषद बैठकले सर्वोच्च अदालतका चौथो वरियताका न्यायाधीश डा. मनोज शर्मालाई प्रधानन्यायाधीशमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । संसदीय सुनुवाइको प्रक्रिया पूरा गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने कानुनी व्यवस्था छ ।
वरियता मिचेर प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएपछि कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित सर्वोच्चका कतिपय न्यायाधीशहरु र कानुन व्यवसायीहरु विरोधमा छन् ।
प्रतिक्रिया 4