+
+
Shares

कतार, साउदी अरब र यूएईको आग्रहमा इरानमाथि आज गर्ने भनिएको हमला रोकियो : ट्रम्प 

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ५ गते ९:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतार, साउदी अरब र यूएईका नेताहरूको मागअनुसार इरानमाथि मंगलबार हुने भनिएको सैन्य आक्रमण रोकेको बताएका छन्।
  • ट्रम्पले रक्षामन्त्री पिट हेगसेथ र ज्वाइन्ट चिफ अफ स्टाफका चेयरम्यान जनरल डेनियल केनलाई आक्रमण रोक्न निर्देशन दिएको उल्लेख गरेका छन्।
  • ट्रम्पले स्वीकार्य सम्झौता नभए तुरुन्त इरानमाथि आक्रमण गर्न तयार रहन निर्देशन दिएको र अमेरिकी सर्वेक्षणले युद्धलाई गलत फैसला भनेको देखाएको छ।

५ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि मंगलबार हुने भनिएको सैन्य आक्रमण रोकेको बताएका छन् ।

उनले कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्स (यूएई) का नेताहरूको मागअनुसार सैन्य आक्रमण रोकिएको उल्लेख गरेका छन् ।

‘मलाई अहिले गम्भीर वार्ता भइरहेको भन्दै कतारका अमीर तमीम बिन हमद अल थानी, साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमान अल सउद र संयुक्त अरब इमिरेट्सका राष्ट्रपति मोहम्मद बिन जायद अल नहयानले इरानमाथि मंगलबारका लागि तय गरिएको सैन्य हमला रोक्नुपर्‍यो भन्नुभयो,’ समाजिक सञ्जाल ट्रुथ सोशलमा ट्रम्पले लेखेका छन् ।

नेताहरूको सम्मानका कारण रक्षामन्त्री पिट हेगसेथ, ज्वाइन्ट चिफ अफ स्टाफका चेयरम्यान जनरल डेनियल केन र अमेरिकी सेनालाई मंगलबार इरानमाथि आक्रमण रोक्न निर्देशन दिएको उनको भनाइ छ ।

‘तर, मैले उहाँहरूलाई स्वीकार्य सम्झौता नभए तुरुन्त इरानमाथि आक्रमण गर्नका लागि तयार रहनु पनि भनेको छु,’ राष्ट्रपति ट्रम्पले लेखेका छन् ।

आफ्नो लोकप्रियतामा गिरावट आइरहेका बेला ट्रम्पले इरानमाथि फेरि आक्रमणको तयारी गरेका थिए । सर्वेक्षणले युद्धका कारण अमेरिकी नागरिक खासै खुशी नभएको देखाएको छ ।

न्युयोर्क टाइम्स/सिएनाले सोमबार जारी गरेको सर्वेक्षणअनुसार झण्डै ६४ प्रतिशत मतदाताले इरानविरूद्ध युद्धमा जानु गलत फैसला भएको बताएका छन् । यो आंकडाले रिपब्लिकन पार्टीलाई मध्यावधि चुनावमा ठूलो चुनौतीको सामना गर्नुपर्ने सम्भावना देखाएको बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?