+
+
Shares

गौतमको ‘ज्योतिर्गमय’ पुस्तक विमोचन

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ५ गते १२:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानाध्यापक संघ नेपालका अध्यक्ष सुदामप्रसाद गौतमको सामुदायिक विद्यालय सुधार विषयक 'ज्योतिर्गमय' पुस्तक विमोचन भएको छ।
  • पुस्तकमा नेपालका सामुदायिक शिक्षाको यथार्थ, सम्भावना, चुनौती र रूपान्तरण समेटिएको छ।
  • गौतमले भने, 'शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय नेतृत्व, स्थानीय तह, नीति निर्माता तथा शिक्षा मन्त्रालयलाई सोच्न, बहस गर्न र सुधारका लागि नयाँ दृष्टिकोण निर्माण गर्न प्रेरित गर्नेछ।'

५ जेठ, काठमाडौं । प्रधानाध्यापक संघ नेपालका अध्यक्ष सुदामप्रसाद गौतमको ‘ज्योतिर्गमय’ पुस्तक विमोचन भएको छ ।

पुस्तकमा नेपालका सामुदायिक विद्यालय सुधारका विषयसमेटिएको छ । पुस्तक प्राडा विद्यानाथ कोइराला, प्राडा बालचन्द्र लुईटेल, पूर्वसचिव डा. हरिप्रसाद लम्साल, शिक्षक सेवा आयोगका पूर्वसदस्य नन्दकुमारी महर्जनलगायतले विमोचन गरेका छन् ।

पुस्तक एडु टुडे प्रालिले प्रकाशित गरेको हो । ‘ज्योतिर्गमय’ स्वप्न त्यागेर सम्भावना रोप्ने, भावी पुस्ताका मौन शिल्पी सामुदायिक विद्यालयका शिक्षकहरूप्रति समर्पित पुस्तक रहेको लेखक गौतमले बताए ।

‘नेपालको सामुदायिक शिक्षाको यथार्थ, सम्भावना, चुनौती र रूपान्तरणको दस्तावेज हो । शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय नेतृत्व, स्थानीय तह, नीति निर्माता तथा शिक्षा मन्त्रालयलाई सोच्न, बहस गर्न र सुधारका लागि नयाँ दृष्टिकोण निर्माण गर्न प्रेरित गर्नेछ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?